Pairabi logo

असार ०७, २०८३, आइतबार                    

‘वन्यजन्तु बढ्दा डर हैन खुसी लाग्छ’

डेक्स

डेक्स

‘वन्यजन्तु बढ्दा डर हैन खुसी लाग्छ’
ADVERTISEMENT


बाँके,  ‘हाम्रो वनमा वन्यजन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ,’बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारू भन्नहुन्छ । 

‘पहिला(पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्याश्रो लाग्थ्यो। तर अहिले हाम्रो पनि वन हराभरा छ। वन्यजन्तु देख्न पाइन्छ। यो हाम्रा लागि निकै खुसीको कुरा हो, यो खुसीमा वन्यजन्तुको डर लाग्दैन,’ उमेरले ५६ वर्ष लागेका उहाँले भन्नुभयो । 

थारूको भनाइअनुसार आजभन्दा ५ वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। ५(६ वर्षयता वनलाई जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको छ।

‘एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ। अलि ढिला गर्यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्,’ उनले भने, ‘घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू।’

बिहान ६ बजे वन कुर्न गएका थारू खाना खान ११ बजेमात्र घर फर्कने बताउँछन्। ‘भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ,’ उनले भने, ‘सिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११(१२ बजेसम्म वनमै बस्नुपर्छ।’

वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उहाँको भनाइ छ।

बाह्र वर्षदेखि वनको हेरचाह गर्दै आएका थारूले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला(बेला तालिममा सहभागी हुने गरेको बताउनुभयो। घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत उनले मासिक १० हजार रुपैयाँ पाउँछन्।

उहाँका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको १० हजारले घर चलाउन गाह्रो छ। ‘दश हजारले के नै हुन्छ र रु त्यैपनि मैले त आफ्नो जंगल हो भनेर काम गरिरहेको छु,’ उनले भने, ‘पैसाभन्दा पनि जंगल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकामा खुसी छु।’

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन् फटाहु थारू पनि। उनी ४० वर्षको छन्। उनले पनि आफ्नो वनमा वन्यजन्तु आएकामा निकै खुसी लागेको बताए। ‘वनमा वन्यजन्तुको संख्या बढ्दै गएपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ,’ उनले भने, ‘यो कुराले हामी सबै गाउँले निकै खुसी छौँ।’

आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू वन हेरालु भएको फटाहुले बताए। घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ।

‘महिनाको जम्मा १० हजार रुपैयाँले केही हुँदैन, उमेर छँदै विदेश गएर अरू साथीले झैं टन्नै पैसा कमा भन्नुहुन्छ बाआमा। तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ,’ उनले भने, ‘पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु। वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन्। उनीहरूको संख्यामा वृद्धि भएको छ। म यसैमा खुसी छु।’

वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोद्धया थारूले जानकारी दिनुभयो । 

४ सय ९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन्। उनको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना रहेका छन्।

०६४ देखि आफैं पनि वन हेरालुका रूपमा काम गरेर अहिले हेरालुको संयोजक बनेका अजोद्धयाकाअनुसार बाँकेको कम्दि करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८ जना ‘वन हेरालु’ छन्। मासिक ३ हजारबाट वनको हेरचाह गर्न सुरु गरेका अजोद्धयाको मासिक तलब १५ हजार छ।

वनको रेखदेख गरेवापत उनले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनी बताउँछन्। ०७०र७१ देखि सो सामुदायिक वनमा जंगली जनावर देखिएका हुन्। 

ताजा

सबै

गोपाल नीना फाउण्डेसनमा ४९ जनाले गरे रक्तदान

पवन जायसवाल नेपालगन्ज /गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान…

बैजनाथका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण, १३ बुंदे कार्ययोजना निर्माण

बैजनाथ (बाँके) ६ असार । बाँके बैजनाथ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको सामाजिक परि…

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

नेपालगञ्ज ५ असार । नेपालगन्जमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । विपद् प…

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

बर्दिया ३ असार । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार निय…

लोकप्रिय

सबै

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन

बर्दिया, असार १ । बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बना…

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्ट…

बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी प्राविधिक सीप प्रदान

बर्दिया, ३ असार। युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत बर्दिया जिल्…

यो पनि

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन)

नेपालगञ्ज ५ असार । नेपालगन्जमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । विपद् प…

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

बर्दिया ३ असार । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार निय…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

डुडुवा (बाँके) ३१ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्…