Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

रुस र युक्रेन लडाइँ अन्त्य गर्न चीनको प्रस्ताव

सम्वाददाता

सम्वाददाता

रुस र युक्रेन लडाइँ अन्त्य गर्न चीनको प्रस्ताव
ADVERTISEMENT

काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

रुस–युक्रेनबीचको लडाइँ रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा गएको बताइएको छ ।


राष्ट्रपति सीले चीन र रुस राम्रो रणनीतिक साझेदार मुलुक भएको भन्दै यो सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताएका थिए । यसबाट रुस पनि समृद्ध हुने सीको भनाइ थियो ।

सीलाई स्वागत गर्दै पुटिनले भनेका छन्, ‘मलाई थाहा छ व्यक्तिगत रुपमा तपाईं र सबै चिनियाँ मित्रहरु अन्तर्राष्ट्रिय मुद्दाहरुमा निष्पक्ष र सन्तुलित दृष्टिकोण राख्नुहुन्छ ।’
उनीहरुबीच रुसको आगामी चुनावबारे पनि कुराकानी भएको थियो । सो क्रममा चिनियाँ राष्ट्रपति सीले पुटिनलाई आगामी राष्ट्रपति चुनावमा पनि जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । सीले भनेका छन्, ‘मलाई भरोसा छ कि रुसका जनताले राम्रो कामका लागि तपाईंलाई समर्थन गर्नेछन् ।’

पुटिन सन् २००० मा रुसको राष्ट्रपति चुनिएका थिए । दुई पटकसम्म राष्ट्रपति बनिसकेपछि उनी चार वर्षसम्म प्रधानमन्त्री बने । त्यसपछि फेरि सन् २०१२ मा राष्ट्रपति चुनिए । सन् २०१८ मा फेरि अर्को एक कार्यकालका लागि उनी राष्ट्रपति बने ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

अपांगता भएकालाई सामाग्री वितरण

अपांगता भएकालाई सामाग्री वितरण

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का समिम दर्जीले सिलाई मेसिन पाएपछि खुसी व्यक्त…

चट्याङ लागेर पश्चिम बंगालमा १५ को मृत्यु

चट्याङ लागेर पश्चिम बंगालमा १५ को मृत्यु

नयाँदिल्ली । मेघगर्जन र चट्याङसँगै पश्चिम बंगालमा बिहीबार भीषण वर्षा भएको छ । चट्याङ …

दैलेखमा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

दैलेखमा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

नेपालगञ्ज । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु …

रुस र युक्रेन लडाइँ अन्त्य गर्न चीनको प्रस्ताव

रुस र युक्रेन लडाइँ अन्त्य गर्न चीनको प्रस्ताव

काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा…