Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नेपालगञ्जमा आयुर्वेद जनरल हस्पिटल सुरु

डेक्स

डेक्स

नेपालगञ्जमा आयुर्वेद जनरल हस्पिटल  सुरु
ADVERTISEMENT

नेपालगन्ज १२ माघः नेपालमा पहिलो पटक निजि क्षेत्रबाट खुलेको सर्वाधिक ठूलो आयुर्वेद अस्पताल नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटल यहाँ सुरु भएको छ ।   नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले अस्पतालको आज उद्घाटन गर्नुभएको छ । नेपालगन्ज आर्दश नगर चोक नजिकै खुलेको १५ शैयाको आयुर्वेद जनरल अस्पताल नेपालगन्ज हेल्थ क्याम्पसले सञ्चालनमा ल्याएको हो ।   डाक्टर महतले नेपालगन्ज आयुर्वेद अस्पतालले स्वास्थ्य क्षेत्रमा एउटा महत्वपुर्ण कार्यको सुरुआत गरेकोमा अस्पताल टिमलाई धन्यवाद दिदैं आयुर्वेद चिकित्सा पद्धतिलाई आमनागरिकसम्म पु¥याउन अस्पतालले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘अहिले आयुर्वेदको बारेमा राष्ट्रिय र अन्तरर्राष्ट्रिय स्तरमा चर्चा, यसको वैज्ञानिकता बारेमा बहस भैरहेको छ । यसलाई सबैले स्वीकार गरेका छन् । आयुर्वेद बैज्ञानिकतामा आधारित छ । प्राकृतिक पद्धतीमा आधारित छ । यसको कमभन्दा कम साईड इफेक्ट छ । प्राकृतिक स्तरबाटै औषधी निर्माण गरिएको छ । आयुर्वेद उपचार पद्धतिले बेजोड उपचार र रोगलाई रोक्ने सुनिश्चितता गर्छ भन्ने कुरा संसारले मानेको छ ।’ डाक्टर महतले नेपालमा आयुर्वेद उपचार पद्धति र अध्यापन बढ्दो क्रममा छ । सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्छ । 
नेपालगन्ज आयुर्वेद अस्पताल जस्तै देशभर सेवा पु¥याउन सक्यो भने सस्तो, छिटो, छरितो र कम नकारात्मक असर पर्ने पद्धति भएकोले नेपालको स्वास्थ्य क्षेत्रमा यसले ठूलो योगदान पु¥याउनसक्छ । आममानिसको जनजीवनमा पनि ठुलो प्रभाव पार्छ ।’ अस्पतालको वातावरण आफुलाई प्रभावित गरेको डाक्टर महतले बताए । उहाँले ‘अस्पताल अत्यन्त सफा र शान्त वातावरणमा रहेछ । सफाईलाई महत्व दिइएको छ । यो निकै राम्रो कुरा हो । यही स्तरलाई निरन्तरता दिदैं सञ्चालन भैरहेको अवस्थामा राम्रो सन्देश जान्छ । आज अस्पतालको उद्घाटन दिनमा सेवा लिनको लागिमा निसको भिड लागेको छ । यो नै आयुर्वेद प्रति जनताको विश्वास हो । यसलाई अस्पतालले कायम राख्दै काम गर्नुपर्छ ।’ ‘स्वस्थ नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ सेवाभावले अस्पतालको सुरुआत गरिएको नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका अध्यक्ष एवम् सञ्चालक तथा संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले बताउनुभयो । उउहाँले  ‘आयुर्वेद नेपाल जस्तो देशका लागि निकै महत्वपुर्ण साबित बन्नेछ । नेपालमा अझैँ दुर्गम, ग्रामीण क्षेत्रहरु धेरै छन् । आर्थिक अवस्था कमजोर भएकामाहरुको संख्या धेरै छ । उनीहरुले सही रुपमा उपचार पाईरहेका छैनन् । हामी जडीबुटीमा सम्पन्न देश हौं । हाम्रो वरपर भएका जडिबुटी नै उपयोगी छन् । यही कुरा स्थापित गराउन हामीले आयुर्वेद अस्पताल र आयुर्वेद एचए स्तरको अध्यापन गराउने निर्णय गरेका हौं ।’ लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताल दाङ, बिजौरीका निर्देशक एवम् नेपाल आयुर्वेद परिषदका अध्यक्ष डाक्टर सन्तोष ठाकुर, नेपालगन्ज मेडिकल कलेजका प्रमुख डाक्टर सुरेश कनोडिया लगायतले नेपालगन्ज आयुर्वेद जनरल अस्पतालले नेपालको आयुर्वेद क्षेत्रमा उच्च स्तरको सेवा दिदैं नागरिकमा आयुर्वेद प्रति सकारात्मक प्रभाव पार्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रभाकर मिश्रले आगामी दिनमा थप सेवा र उच्च स्तरको आयुर्वेद चिकित्सा शिक्षालाई प्राथमिकता दिने बताउनुभयो । 
 

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…