Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

अवधी समुदायमा भैया दुईजमा भुर्की पुजन

सम्वाददाता

सम्वाददाता

अवधी समुदायमा भैया दुईजमा भुर्की पुजन
ADVERTISEMENT

नेपालगन्ज, १० कात्तिक । पश्चिम नेपालका मधेशी समुदायका महिलाहरुले तिहारको भाइटिकाका दिन आज विहीबार यम द्धितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरेका छन । महिलाहरुले आ–आफनो दाजु भाईलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन । 


घरको आंगनमा गाईको गोबरले लिपपोत गरि भाईको चित्र कोरेर, नदी तलाउ, पर्बत, बाघ, भालु, सर्प, बन जगंलका चित्र बनाएर जंगलमा पाईने कुश लगायत बिभिन्न कांडाहरु राखी त्यसमाथी सिलौटा राखेर पुजा गर्ने चलन छ । 
उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाईको मुर्ति बनाएर पुजा गरिन्छ । गाउं टोलका सम्पूर्ण महिलाहरु एकजुट भई सामुहिक रुपमा भुर्की पुजन गर्दछन । त्यस क्रममा भाई बहिनीको सुख, समृद्धि र शान्तिका लागि बिभिन्न कथा, कहानी पनि सुनाउने अवधी लेखक शिवप्रसाद पाठकले बताउनुभयो । 


उहाँका अनुसार भुर्की पुजनका क्रममा दिदी बहिनीहरुले विहानैदेखि ब्रत बसेर आ—आफनो दाजु भाईको सुख, शान्ति, उन्नती, सुस्वाथ्य, प्रगति लगायतको कामना गर्दछन । विहीबार पुजा गरिएको चिउरा भुर्की टाढा रहेका आफना दाजु भाईहरुलाई कार्तिक पुर्णिमासम्म पनि खुवाउने प्रचलन छ । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …