Pairabi logo

कात्तिक ०७, २०८३, शुक्रबार                    

नेपालगन्जलाई सूचना मैत्री बनाउछु - मेयर विष्ट

डेक्स

डेक्स

नेपालगन्जलाई सूचना मैत्री बनाउछु  - मेयर विष्ट
ADVERTISEMENT

नेपालगन्ज ४ भदौ . 
भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसको रूपमा मनाउने गरिन्छ । २०६४ साल साउन ५ गते तत्कालीन अन्तरिम व्यवस्थापिकाले नेपालमा सूचनाको हक सम्बन्धी ऐन पारित गरेको थियो । सोको ३० दिनपछि अर्थात् ३ भदौ, २०६४ बाट यो ऐन कार्यान्वयनमा आएको हो । सोही सन्दर्भमा यो दिवस मनाउन सुरु गरिएको हो । १५ वर्ष पूरा भए पनि नेपालमा सूचनाको हक, कार्यान्वयन र नीतिगत सुधारको दुईवटा मुख्य चुनौतीको बीचबाट गुज्रँदै प्रभावहीन बन्ने खतरा बढ्दै गएको छ ।
सूचनाको हकलाई संविधानमै मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एसियाको पहिलो देश नेपाल हो । सो हकलाई कार्यान्वयनमा ल्याउन भने १७ वर्षसम्म ऐन नबनाएर दक्षिण एसियामा पहिलो कानुन बनाउने देश हुनबाट बञ्चित भएको थियो। नेपाल कानुन र नीति बनाउने तर कार्यान्वयनमा शिथिल र कमजोर हुने देश हो । सूचनाको हकको सन्दर्भमा पनि यही कमजोरीले नेपाली जनता पीडित छन ।  
सन् १९९० को लोकतान्त्रिक जागरणपछि संविधानका तीनवटा नयाँ प्रयोग गरिसकेको नेपालले यस बीचका संविधानका सबै दस्तावेजमा सूचनाको हकलाई ‘नागरिकको मौलिक हक’ का रूपमा राख्दै आएको छ । संवैधानिक हिसाबमा सबै नागरिकलाई यस हकको प्रत्याभूत होस् भन्नेमा सचेत रहेपनि व्यवहारमा कार्यान्वयनका लागि राजनीतिक तहमा स्पष्ट इच्छाशक्ति र अठोट देखापरेको छैन । त्यसैले सूचनाको हक नेपाली लोकतन्त्रको प्रगतिशील प्रावधानका रूपमा देखाउने पठाउने विषय मात्रै बनिरहेको छ । नागरिकले यो हकको उपभोग सहज रूपमा गर्न पाएका छैनन् । 
सै सन्दर्भमा सूचनाको हकका क्षेत्रमा काम गर्ने सक्रिय संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले अभियानमुलक रुपमा दिवस मनाएको छ । संस्थाले नेपालगन्जको त्रिभुवन चोकमा शुक्रबार साँझ चेतनामुलक अभियान अन्र्तगत दिप प्रज्वलन गरेको छ । त्यस कार्यक्रममा सहभागि हुनुभएका नेपालगन्जका मेयर प्रशान्त विष्टले नागरिकको अधिकारका रुपमा रहेको सूचनाको हकबाट कसैलाई पनि बञ्चित गराउन नहुने भन्दै यो ऐनको पुर्ण कार्यान्वयनमा जोड दिनुभयो ।

उहाँले आफनै स्थानीय निकाय नेपालगन्ज उपमहानगरपालकाबाट सूचनाको हकको कार्यन्वयन गर्ने प्रतिबद्धता गर्दै सूचना मैत्री स्थानीय तह बनाउने बताउनुभयो ।  मेयर विष्टले सबै भन्दा ठुलो अधिकार सूचनाको अधिकार भएकाले यो अधिकारबाट पारदर्शिता र जवाफदेहितासंगै सुशासन स्थापित गराउने प्रमुख साधनको रुपमा रहेकाले सबैले यसको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो  । 

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, सूचना अभियन्ता कृष्णमुरारी प्रसाद भटट, शैलेन्द्र बैश्य, रविन्द्र ज्ञवाली, बेदप्राद  आचार्य, सुरेश चन्द लगायतको उपस्थिती रहेको थियो । 
 
ताजा

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि