Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

डेक्स

डेक्स

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य
ADVERTISEMENT

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन थालेको छ । पदयात्राका लागि प्रख्यात मानिएको उक्त स्थानमा सन्तानेश्वर महादेवको दर्शन गर्न खासगरी साउन महिनाभर भारतको लखनउ, बहराइचलगायत प्रमुख सहरबाट दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्छन् ।

नेपालगन्जबाट २४ किलोमिटर पूर्वमा  नरैनापुर गाउँपालिकाको जमुनी पुगेपछि त्यहाँबाट उत्तरदिशातर्फ करिब छ घण्टाको पैदल यात्रामा सो मन्दिरमा पुग्न सकिन्छ । 

देबिया पहाडबाट झण्डहवा पहाड हुँदै सबैले त्यस स्थानमा पूजा आराधना गर्न थालेपछि भगवान्का सन्तानका रुपमा ‘सन्तानहरुको ईश्वर’ भनेर सन्तानेश्वर मन्दिरको स्थापना भएको सो मन्दिरका महन्त योगानन्द गिरीले जानकारी दिनुभयो । उहाँले अहिले सन्तानेश्वर महादेवको मन्दिरमा दर्शन गर्नाले सन्तान नहुनेहरुलाई सन्तान हुने बरदान प्राप्त हुने विश्वास दिलाउँदै अहिलेसम्म करिब दुई हजारले त्यस्तो बरदान पाएको बताउनुभयो । भाकल पूरा भएपछि सन्तान भएका परिवार आफ्नो सन्तानसहित पनि त्यहाँ जाने गर्छन् । 

महन्त गिरीले भन्नुभयो, “पहिले त हिँडने बाटो पनि थिएन, खानेपानीको सुविधा पनि थिएन । तर अहिले सबै परिवर्तन भएको छ”, पहिले त्रिपाल टाँगेर बसेको स्मरण गर्दै उहाँले अहिले खरले छाएको कुटी निर्माण भएको बताउनुभयो । 

महन्त गिरीले २०७७ सालअघि पूजा मात्रै गरेर त्यहाँ बसेको जानकारी दिँदै २०७७ सालदेखि यहाँको भौतिक पूर्वाधारको विकास भएको उल्लेख गर्नुभयो । उहाँले सन्तानेश्वरको आधुनिक मन्दिर निर्माण र सडकको स्तरोन्नतिसहित भौतिक पूर्वाधारको विकासमा जोड दिन स्थानीय सरकारलाई आग्रह गर्दै सन्तान लाभ वा भाकल पूरा गरेर आउने धेरै दम्पती भएको बताउनुभयो । यो मन्दिर नरैनापुर गाउँपालिका–५ र ६ मा पर्छ । 

मन्दिरका पुजारी पूर्णचन्द्र उपाध्यायले यहाँको विशेषता प्राकृति सौन्दर्यको शृङ्गार र दैवी शक्ति भएको पारिजात पाइने क्षेत्र तथा प्रणव क्षेत्र भएको जानकारी दिनुभयो । उहाँले पर्यटनको प्रचुर सम्भावना भएकाले वन्यजन्तु र चराचुरुङ्गीको भिन्दै आनन्द लिन सकिने बताउनुभयो । 

सन्तान प्राप्तिको विषय अनुसन्धानको विषय भएको उल्लेख गर्दै पुजारी उपाध्यायले धेरै दैवी ऊर्जा यस मन्दिरमा प्राप्त भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मैले हवन र तन्त्र साधना गरिरहेको छु । यहाँ वन झाँक्रीको पनि पूजा हुने गर्छ ।” 

द्वापरयुगमा भएको युद्धपछि देवीको बासस्थान रहेको क्षेत्रका रुपमा त्यसलाई मानिएको छ । सन् १९३५ मा स्थानीय सन्तराम यादवले त्यहाँ केही कुरा माग गरेको र त्यो माग पूरा भएकोसमेत पुरातन मान्यता छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले धार्मिक आस्थाका केन्द्रलाई राजनीतिक विवाद र द्वेषबाट अलग राखेर विकास गर्नुपर्नेमा जोड दिँदै मन्दिरको पूर्वाधार विकासका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभयो ।  

नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले सन्तानेश्वर मन्दिरसम्मको यातायात तथा आवागमनमा विगतको तुलनामा सुधार हुँदै गएकाले भक्तजनको सङ्ख्या उल्लेख्य बढ्दै गएको जानकारी दिँदै सडक तथा पूर्वाधारमा क्रमिक सुधार भइरहेकाले सन्तानेश्वर धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुन लागेको बताउनुभयो ।

अध्यक्ष सिग्देलले सकारात्मक सोच र आध्यात्मिक ऊर्जा प्रदान गर्न विभिन्न समयमा पदयात्रा भएको जानकारी दिँदै पदयात्राजस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो । 


–––

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…