Pairabi logo

असोज २५, २०८३, आइतबार                    

बर्दियाका थारु महिलालाई मतदाता शिक्षा

डेक्स

डेक्स

बर्दियाका थारु महिलालाई मतदाता शिक्षा
ADVERTISEMENT

नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरि बर्दियाको बढैयाताल गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकाको वडा नं. ४ का थारु समुदायका महिलाहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । 

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निर्वाचनमा मतदानका बारेमा जानकारी दिएको हो । अभिमुखीकरणका सहभागीले मतदान बारे राम्रो ज्ञानको सिकाई भएको बताएका थिए । 

अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार, मतदाताको कर्तव्य, स्वतन्त्र मतदान, गोप्य मतदान, मतदानको दिन पालना गर्नुपर्ने नियम, मतदानका चरण, मत बदर हुने अवस्था र मतपत्रमा ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा अधिबक्ता केवलसिंह थारु र एञ्जिला ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी महिलाहरुलाई मतदान बारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो । कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष नरे थापाले मतदाता शिक्षाप्रति जागरुक भई राम्रोसंग मत सदर हुने गरी मतदान गर्नुपर्नेमा जोड दिदै निर्वाचनमा कसैको लोभ लालच, दबाबमा नपरी स्वतन्त्ररुपमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले नागरिकलाई निर्वाचनलक्षित मतदान शिक्षा बारे गाउँसमुदायमा अभियान संचालन गर्नुपर्ने जोड दिनुभयो । 

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो । अभिमुखीकरणमा करिब ७० जना थारु महिलाहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…