Pairabi logo

माघ ०५, २०८२, आइतबार                    

सिँचाइ नहुँदा रोपाइँ भएन

डेक्स

डेक्स

सिँचाइ नहुँदा रोपाइँ भएन
ADVERTISEMENT

कालीकोट, ७ साउनः कालीकोटको महावै गाउँपालिका–६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा नहुँदा अहिलेसम्म रोपाइँ भएको छैन । सिँचाइ कुलोको सुविधा नहुँदा असारमा भइसक्ने रोपाइँ साउन लाग्दासम्म पनि हुन नसकेको हो ।

सिँचाइ सुविधा नहुँदा दुवै गाउँमा ८० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको गाउँपालिका पूर्वउपाध्यक्ष मनराज शाहीले बताउनुभयो । “कुनी र गणेशकोट गाउँमा ८० प्रतिशत जमिन रोपाइँ हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यहाँका किसान दाजुभाइको मानो छरी मुरी उमार्ने सपना सपनामै सीमित रहेको छ ।”  

साउनको टन्टलापुर घामले गर्दा धानको बीउ पनि सुक्न थालेको  पूर्वउपाध्यक्ष शाहीले जानकारी दिनुभयो । “यो समय भनेको रोपाइँ गर्ने बेलाको समय नभई रोपाइँ गरिएका खेत गोडमेल गर्ने समय हो”, उहाँले भन्नुभयो, ‘तर के गर्ने आकासे पानीको भरमा जिउने किसान अहिलेसम्म खेतमा रोपाइँ सुरु नहुँदा आफ्नो र परिवारको पेट कसरी पाल्ने भनेर चिन्तित छन् ।”

गाउँमा सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि गाउँपालिकाले ठेक्का लगाएको र त्यसको काम समयमै नहुँदा समस्या भएको स्थानीय अर्जुन शाहीले बताउनुभयो । “सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि ठेक्का लगाइएको छ”, उहाँले भन्नुभयो, “त्यसको काम नहुँदा रोपाइँ हुन समस्या भएको छ । सिँचाइका लागि आधा काम मात्रै भएको र सिँचाइ कुलो कहिले बन्छ थाहा नभएको पूर्वउपाध्यक्ष शाहीले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…