Pairabi logo

कात्तिक १७, २०८३, सोमबार                    

डुडुवाद्वारा बीउ उत्पादन सुरु, १४२ क्विन्टल उन्नत जातको बीउ भण्डारण

डेक्स

डेक्स

डुडुवाद्वारा बीउ उत्पादन सुरु, १४२ क्विन्टल उन्नत जातको बीउ भण्डारण
ADVERTISEMENT

डुडुवा (बाँके), ८ वैशाख । किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ । धानको मूल बीउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो । 

उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार करिब दुई सय दुई हेक्टर क्षेत्रफललाई बीउ पुग्ने गरी तयार गरिएको हो । डुडुवाले आफ्नै किसानसँग रु पाँच लाख ६८ हजार बराबर १४ मेट्रिक टन धान खरिद गरी उन्नत जातको बीउ प्रशोधन गरेको उहाँले बताउनुभयो । 

धानको बेर्ना लगाउने याममा पालिकाले किसानलाई बीउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताउनुभयो । उहाँका अनुसार किसानलाई बीउ वितरण गर्न कति अनुदान तथा कसरी वितरण गर्नेबारे कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गरिने छ । 

डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । पहिलो पटक धानको बीउ उत्पादन गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ । 

दुई सय ४० क्विन्टल गहँु खरिद गर्ने लक्ष्य लिएइकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले गहँु भित्र्याउने समय रहेकाले अब केही दिनभित्रै गहुँ खरिद गरी ल्याब परीक्षणको प्रक्रिया अघि बढाइने छ । 

किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ । डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पु¥याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको उहाँले उल्लेख गर्नुभयो ।  

अध्यक्ष चौधरीले भन्नुभयो, “बीउ उत्पादन तथा भण्डारणपछि यहाँका कोही पनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्नेछ ।” उहाँले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उहाँका अनुसार बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…