Pairabi logo

माघ १३, २०८२, सोमबार                    

वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान

डेक्स

डेक्स

वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान
ADVERTISEMENT

नेपालगन्ज, ६ चैत । बाँके जिलामा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान संचालन गरिएको छ । डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ बाँकेले सामुदायिक बन क्षेत्रका उपभोक्तालाई सचेतना अभिबृद्धि लगायतका कार्यक्रम संचालन गरेको छ ।

अहिले गर्मीको मौसममा बन डढेलोको उच्च जोखिम रहेकाले त्यसको न्युनीकरण तथा पुर्व तयारीका लागि साताव्यापी रुपमा सचेतनामुलक कार्यक्रम गरिएको हो । स्थानीय उपभोक्ता लगायतको सहभागितामा बाँके डुडुवा गाउँपालिकास्थित पशुपति सामुदायिक बनको कार्यालयबाट निस्किएको रयालीले बन क्षेत्र आसपास बस्तीको परिक्रमा गरि कम्दी मिलन चोकमा पुगेर समापन भएको थियो । 

समापन कार्यक्रममा डिभिजन वन कार्यालय नेपालगन्जका वरिष्ठ अधिकृत राजबहादुर चौधरी, सामुदायिक बन उपभोक्ता महासंघ बाँके जिल्ला अध्यक्ष सावित्रा पुन, सामुदायिक बन उपभोक्ता महासंघ लुम्विनी प्रदेश सदस्य महेन्द्र शाही, सामुदायिक बन उपभोक्ता महासंघ बाँकेका उपाध्यक्ष रामबहादुर भण्डारी, पलिकास्तरिय स्थानीय महासंघ खजुराका अध्यक्ष महाविर थारु, इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज मोहन केसी, डुडुवा गाउँपालिका स्थानीय महासंघ अध्यक्ष बेलबहादुर बोहराले बन डढेलोको समस्या तथा नियन्त्रणको सावधानी बारे आ–आफ्नो धारणा राख्नुभएको थियो । 

र्यालीमा सहभागीहरुले बन डढेलो सम्वन्धी सचेतनामुलक सन्देश लेखिएको प्ले कार्ड, र नारा लगाएका थिए । वन डढेलोले बोटबिरुवा, झारपात र अन्य वनस्पतिको नाश गर्दछ भने वन्यजन्तुहरूको आवासलाई नष्ट पार्छ र धेरै प्रजातिहरूको जीवनलाई संकटमा पार्छ । जंगली जनावरहरू र चराहरू अन्न र पानीको अभावमा प्रभावित हुने डिभिजन बन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वन डढेलोले जल, माटो, र खनिजहरू जस्ता प्राकृतिक स्रोतहरूको नष्ट गर्छ भने भूमि मर्न र माटोको उपजाऊ क्षमतामा कमी ल्याउने गर्दछ । 

वन डढेलोको रोकथामका लागि विशेष ध्यान दिनुपर्ने स्थानीय बन विज्ञ डिल्लीबहादुर रावत बताउनुहुन्छ । उहाँले वन क्षेत्रको निगरानी, आगोको स्रोत नियन्त्रण, सम्भावित आगोका क्षेत्रहरूको सफाइ, आगो नियन्त्रण उपकरणको तयारी, वायु र मौसमको अध्ययन र सार्वजनिक सचेतना अभियान संचालन गर्ने बताउनुभयो । 

साता व्यापी कार्यक्रम अन्र्तगत बाँकेको नरैनापुर, राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा सचेतनामुलक अभियान संचालन गरिने स्थानीय महासंघका अध्यक्ष बेलबहादुर बोहराले बताउनुभयो । बाँकेमा मध्यवर्ती र सामुदायिक गरि १ सय ७० वटा सामुदायिक बनहरु रहेका छन । गर्मीमा बन क्षेत्रमा डढेलोले ठुलो क्षति पुरयाउँदै आएको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …