Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान

डेक्स

डेक्स

वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान
ADVERTISEMENT

नेपालगन्ज, ६ चैत । बाँके जिलामा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्वन्धी सचेतनामुलक अभियान संचालन गरिएको छ । डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ बाँकेले सामुदायिक बन क्षेत्रका उपभोक्तालाई सचेतना अभिबृद्धि लगायतका कार्यक्रम संचालन गरेको छ ।

अहिले गर्मीको मौसममा बन डढेलोको उच्च जोखिम रहेकाले त्यसको न्युनीकरण तथा पुर्व तयारीका लागि साताव्यापी रुपमा सचेतनामुलक कार्यक्रम गरिएको हो । स्थानीय उपभोक्ता लगायतको सहभागितामा बाँके डुडुवा गाउँपालिकास्थित पशुपति सामुदायिक बनको कार्यालयबाट निस्किएको रयालीले बन क्षेत्र आसपास बस्तीको परिक्रमा गरि कम्दी मिलन चोकमा पुगेर समापन भएको थियो । 

समापन कार्यक्रममा डिभिजन वन कार्यालय नेपालगन्जका वरिष्ठ अधिकृत राजबहादुर चौधरी, सामुदायिक बन उपभोक्ता महासंघ बाँके जिल्ला अध्यक्ष सावित्रा पुन, सामुदायिक बन उपभोक्ता महासंघ लुम्विनी प्रदेश सदस्य महेन्द्र शाही, सामुदायिक बन उपभोक्ता महासंघ बाँकेका उपाध्यक्ष रामबहादुर भण्डारी, पलिकास्तरिय स्थानीय महासंघ खजुराका अध्यक्ष महाविर थारु, इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज मोहन केसी, डुडुवा गाउँपालिका स्थानीय महासंघ अध्यक्ष बेलबहादुर बोहराले बन डढेलोको समस्या तथा नियन्त्रणको सावधानी बारे आ–आफ्नो धारणा राख्नुभएको थियो । 

र्यालीमा सहभागीहरुले बन डढेलो सम्वन्धी सचेतनामुलक सन्देश लेखिएको प्ले कार्ड, र नारा लगाएका थिए । वन डढेलोले बोटबिरुवा, झारपात र अन्य वनस्पतिको नाश गर्दछ भने वन्यजन्तुहरूको आवासलाई नष्ट पार्छ र धेरै प्रजातिहरूको जीवनलाई संकटमा पार्छ । जंगली जनावरहरू र चराहरू अन्न र पानीको अभावमा प्रभावित हुने डिभिजन बन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार वन डढेलोले जल, माटो, र खनिजहरू जस्ता प्राकृतिक स्रोतहरूको नष्ट गर्छ भने भूमि मर्न र माटोको उपजाऊ क्षमतामा कमी ल्याउने गर्दछ । 

वन डढेलोको रोकथामका लागि विशेष ध्यान दिनुपर्ने स्थानीय बन विज्ञ डिल्लीबहादुर रावत बताउनुहुन्छ । उहाँले वन क्षेत्रको निगरानी, आगोको स्रोत नियन्त्रण, सम्भावित आगोका क्षेत्रहरूको सफाइ, आगो नियन्त्रण उपकरणको तयारी, वायु र मौसमको अध्ययन र सार्वजनिक सचेतना अभियान संचालन गर्ने बताउनुभयो । 

साता व्यापी कार्यक्रम अन्र्तगत बाँकेको नरैनापुर, राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा सचेतनामुलक अभियान संचालन गरिने स्थानीय महासंघका अध्यक्ष बेलबहादुर बोहराले बताउनुभयो । बाँकेमा मध्यवर्ती र सामुदायिक गरि १ सय ७० वटा सामुदायिक बनहरु रहेका छन । गर्मीमा बन क्षेत्रमा डढेलोले ठुलो क्षति पुरयाउँदै आएको छ । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…