Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

दैलेखी समाज बाँकेद्धारा  तीन जना सम्मानित

डेक्स

डेक्स

दैलेखी समाज बाँकेद्धारा  तीन जना सम्मानित
ADVERTISEMENT

साबित्री गिरी
नेपालगन्ज, २९ फागुन । फागु पुर्णिमाको अवसरमा दैलेखी समाज बाँकेले विभिन्न विद्याका तिन दैलेखी ब्यक्तित्वलाई सम्मान गरेको छ । समाजले होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरी नेपालगन्जमा विहिबार एक कार्यक्रमका बिच सम्मान गरेको हो । 

सम्मानित हुनेहरुमा महेन्द्र संस्कृत विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्याबारिधि उपाधि प्राप्त गर्नुभएका डाक्टर हरि प्रसाद तिमिल्सेना, विवेकानन्द ग्लोवल युनिभरसिटी राजस्थान भारतबाट राजनीति विज्ञानमा विद्याबारिधि गर्नुभएका डाक्टर पुर्ण बहादुर शाही र क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष तथा दैलेखी समाज बाँकेका सदस्य साबित्री गिरी रहनु भएको छ । 

 दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र संस्कृत विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा विद्याबारिधि उपाधि प्राप्त गर्नुभएका डाक्टर हरि प्रसाद तिमिल्सेनाले दैलेखी समाजले गरेका सामाजिक कार्यहरुको प्रभावकारिता उल्लेखनिय रहेको बताउनुभयो । 

कार्यक्रममा विवेकानन्द ग्लोवल युनिभरसिटी राजस्थान भारतबाट राजनीति विज्ञानमा विद्याबारिधि गर्नुभएका डाक्टर पुर्ण बहादुर शाहीले अबका दिनमा अझै सक्रिय भएर काम गर्ने हौसला यो सम्मानले मिलेको बताउनुभयो । यस्तै क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले पत्रकारिताका माध्यमबाट सामाजिक क्षेत्रमा भइरहेका गतिविधिलाई समेट्न पाउँदा खुसी लाग्ने गरेको बताउनुभयो । 

कार्यक्रममा दैलेखी समाजका सल्लाहकार श्याम गौतमले दैलेखी समाजमा भएका गतिविधिहरुले नयाँ पुस्तालाई पनि सिकाइ भइरहेको बताउनुभयो । कार्यक्रममा दैलेखी समाजले गर्ने नियमिति कार्यक्रमका बारेमा सहभागिहरुले धारणा राख्दै होली पर्वको शुभकामना दिएका थिए । समाजले प्रत्येक बर्ष होली मिलन कार्यक्रम गर्दे आएको समाजका अध्यक्ष पुर्णदेव गिरीले बताउनुभयो । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …