Pairabi logo

असोज २६, २०८३, सोमबार                    

राप्ती सोनारीकी थारु महिला उमा स्वरोजगारतर्फ उन्मुख

डेक्स

डेक्स

राप्ती सोनारीकी थारु महिला उमा स्वरोजगारतर्फ उन्मुख
ADVERTISEMENT

राप्ती सोनारी (बाँके) ११ माघ । बाँके राप्ती सोनारी गाउँपालिका वार्ड नं.–३ का उमाकुमारी थारु तीन महिने गरगहना बनाउने तालिम लिएपछि उहाँको जिवन नै परिवर्तन भएको छ । काठमाण्डौस्थित सानो पाइला नामक संस्थाले देशभरीबाट करिब एक दर्जन महिलालाई उक्त तालिम दिएर दक्ष बनाएको छ ।

उमा बाँकेबाट प्रतिनिधित्व गरि उक्त तालिम लिने अवसर राप्ती सोनारी गाउँपालिकाले जटायो । उहाँले तालिम लिएर अहिले पित्तलबाट निमार्ण हुने विभिन्न किसिमका गरगहना बनाउन थाल्नुभएको छ । घरको काममा मात्र सिमित रहनुभएकी उमा तालिम सिकेपछि जिवनशैली नै परिवर्तन भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,–‘पहिला म अरुको अगाडी आफ्नो नाम समेत भन्न सक्दैन्थे, अहिले मजाले कुरा गर्ने भएछु, यो मेरो जिवनमा ठुलो परिवर्तन भएको छ, गाउँ घर छोडेर तीन महिना ठुलो शहर काठमाण्डौमा बसेर तालिम लिएपछि मैलो ठुलो संसार देखे’ उहाँले भन्नुभयो ।’ 

अब म सिप सिकेर व्यवसाय गर्न सक्ने भएछु, अलिकति आर्थिक सहयोग भएमा यसलाई आफ्नो व्यवसाय बनाउनेछु उहाँले भन्नुभयो । तालिम दिने संस्थाले उहाँले उत्पादन गरेको सामाग्री खरिद गर्ने र प्रशिक्षकको रुपमा प्रयोग गर्ने उहाँले बताउनुभयो । अहिले शुरुमा करिब डेढ लाखको लगानीबाट व्यवसाय शुरु गर्ने योजना बनाएको उहाँ बताउनुहुन्छ । 

उक्त तालिममा सहभागी पठाउन पालिकालाई अनुरोध गरेपछि उमालाई छनौट गरि तालिममा सहभागिताका लागि पठाइएको गाउँपालिकाले जनाएको छ । 

बाँकेको राप्ती सोनारी गाउँपालिकाले महिला स्वरोजगारको कार्यक्रमलाई प्रभावकारी बनाएको छ । महिलाहरुलाई व्यवसायिक रुपमा आत्मनिर्भर बनाउन सिप सिकाएको छ । ज्ञान, सिपको माध्यमले महिलाहरुलाई घरमै बसेर सफल व्यवसाय संचालन गर्ने उद्देश्यले सिपमुलक कार्यक्रमलाई जोड दिइएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । उहाँका अनुसार महिलाहरुलाई शसक्तिकरण गरि सिप सिकाएर आर्थिक रुपमा सबल बनाइने छ ।

राप्ती सोनारी गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय जनालाई एकमहिने थाकल र मकैको खोष्टाबाट टोपी बनाउने तालिम, र मखमलीको जुत्ता बनाउने एक महिने तालिम संचालन गर्न लागेको पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दलामीले बताउनुभयो । 

उहाँले पालिकामा रहेका विपन्न वर्ग, दलित, वादी, कुमाल, द्धन्द्धपिडितजस्ता महिलालाई विशेष प्राथमिकतामा राखेर स्वरोजगारतर्फ उन्मुख गराउन सिपमुलक कार्यक्रममा जोड दिइएको बताउनुभयो ।  


 

ताजा

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…