Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

डेक्स

डेक्स

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
ADVERTISEMENT

नेपालगन्ज, ९ माघ  ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले यस वर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । खाद्यले दुई महिनाको अवधीमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । 

गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय नेपालगन्जका प्रमुख लामिछानेले भन्नुभयो,–“पुस १९ गतेपछि किसानहरु आउन छोड्नुभएको छ, धेरै किसानहरुले धान बिक्री गरिसक्नुभयो, अब यस वर्षको धान खरिद लगभग यति नै होला ।” 

पुस १९ गतेपछि किसानहरु आउन छाडेको, फोन पनि नगरेको तथा सम्पर्कमा नआएका कारण यस वर्ष बाँकेमा धान खरिद कार्य लगभग सकिएको उहाँले बताउनुभयो । 

बाँकेका किसानहरु पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले यस वर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतीमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको थियो । 

मोटा धानको मुल्य रु तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको रु तीन हजार ५८० रुपियाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मुल्यमा किसानसँग धान खरिद गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष मोटा धान रु दुई करोड ६१ लाख दुई हजार १३३ रुपियाँ ६५ पैसा र मध्यम धान रु आठ करोड ७२ लाख ६९ हजार, १६२ रुपियाँ २३ पैसा गरी कुल रु ११ करोड ३३ हजार ७१ लाख २९५ रुपियाँ ८८ पैसाको धान खरिद गरिएको हो । 

धान बिक्रीका लागि जिल्लाका ६७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएपनि ५६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत् बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ । 
–––
 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…