Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बर्दियामा मसुरो खेती प्रवर्द्धनका लागि बहुसरोकारवाला मञ्च गठन

सम्वाददाता

सम्वाददाता

बर्दियामा मसुरो खेती प्रवर्द्धनका लागि बहुसरोकारवाला मञ्च गठन
ADVERTISEMENT

कमलराज पौडेल 
बर्दिया, १४ मंसिर । एकीकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, बर्दियाको आयोजनामा मसुरो खेतीको उत्पादन र बजारीकरण प्रवर्द्धनका लागि जिल्ला स्तरिय बहुसरोकारवाला मञ्च गठन गरिएको छ।

कार्यालय प्रमुख सागर ढकालको अध्यक्षतामा सम्पन्न बैठकले मसुरो खेतीमा देखिएका चुनौतीहरूको समाधान, क्षेत्र विस्तार, र उत्पादन वृद्धि गर्न सहजीकरण गर्ने लक्ष्यसहित मञ्च गठन गरेको हो।

ढकालका अनुसार जिल्लाको ७५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५ हजार ७५ हेक्टरदेखि ८ हजार ५ सय हेक्टर क्षेत्रमा मसुरो खेती हुँदै आएको छ। वार्षिक उत्पादन करिब ५ हजार ४ सय १५ मेट्रिक टन रहेको र प्रति हेक्टर उत्पादकत्व ०।९७ मेट्रिक टन रहेको तथ्यांक प्रस्तुत गर्दै उहाँले मसुरो खेती प्रवर्द्धनका लागि आधुनिक प्रविधि र सहजीकरण आवश्यक रहेको बताउनुभयो।

बैठकमा किसानहरूले मसुरो खेतीमा भोगिरहेका समस्या र समाधानका उपायहरूबारे आफ्ना धारणा राखेका थिए। सरोकारवालाहरूले मसुरो खेतीलाई दिगो बनाउन सहकार्य र समन्वयमा जोड दिएका थिए । 

कार्यक्रममा वरिष्ठ बागवानी विकास अधिकृत रामप्रकाश यादवले स्वागत मन्तव्य राख्नुभएको थियो। बैठकले बीउ उत्पादक कृषक रामचन्द्र यादवको संयोजकत्वमा उक्त मञ्च गठन गरेको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…