Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता

डेक्स

डेक्स

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तजनको उल्लेख्य सहभागिता
ADVERTISEMENT

नेपालगन्ज २४ कात्तिक । वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान गर्नेहरुको संख्या बढदै गएको छ । दोस्रो दिनको कथा वाचनसम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य उपस्थिती बढेसंगै दान गर्नेहरु पनि थपिदै गएका छन । आज शनिबार महोत्सवस्थलमा भत्तजन श्रोताको भरिभराउ उपस्थिती रहयो । 

वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्सवको दोस्रो दिनमा रु ३२ लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । शनिबार पनि पंडित पोखरेलको प्रवचनका बीचमा उहाँको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो ।

आर्थिक संयोजक श्रेष्ठका अनुसार आजको कथा प्रवचनका बीच लामो समयदेखि नर्सिङ पेशमा आवद्ध सिनियर नर्श कोहलपुर ११ की स्थानीय रम्भा शर्माबाट अहिले सम्मकै सर्वाधिक १५ लाख ११ हजार रुपैयाँ वैकुण्ठधामका लागि प्रदान गर्नु भएको छ भने आजै नेपालगन्जमा पुराना चिकित्सक डा। केदारनाथ अग्रवालबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगन्ज १ की समाजसेवीलक्ष्मी खड्का कार्कीबाट ५ लाख १ हजार १०१ रुपैयाँ वैकुण्ठधाम निर्माणका लागि प्रदान गर्नु भएको छ ।

त्यसैगरि वैकुण्ठधाम आध्यात्मिक महात्सवमा दाङ घोराहीका डा। किर्तीपाल सुबेदीबाट २ लाख २२ हजार २२२ श्रपैयाँ, कोहलपुर १४ का पेट्रोलियम व्यवसायी टि।पी न्यौपानेबाट १ लाख ५१ हजार १५१ रुपैयाँ, नेपालगन्ज १८ का राजनीतिकर्मी तथा व्यवसायी गोपाल प्रसाद अधिकारीबाट १ लाख ११ हजार १११ रुपैयाँ, नेपालगन्ज १२ का उद्यमी संजिव बस्नेतबाट १ लाख १ हजार रुपैयाँ प्रदान गर्नु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

आजको यज्ञमा खजुरा ४ का उद्यमी उत्तमराज घिमिरेबाट ५१ हजार रुपैयाँ, नेपालगन्ज २ का दयाराम पाण्डेबाट ३१ हजार ५५० रुपैयाँ र नेपालगन्ज २ कै नारायष्ण प्रसाद पाण्डेबाट ३१ हजार ५५१ रुपैयाँ प्रदान गर्नु भएको छ ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताउनु भयो ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा। सुरेश कुमार कानोडियाले जानकारी दिनु भयो ।

महोत्सवमा इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मुल समितिका महासचिव श्रीराम सिग्देलले बताउनुभयो ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल ९वैकुण्ठधाम० निर्माण गर्ने संयोजक कानोडियाले बताउनुभयो । स्रोत : दैनिक नेपालगन्ज ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …