Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

डेक्स

डेक्स

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा
ADVERTISEMENT

नेपालगन्ज २१ कात्तिक : शवलाई दाहसंस्कारको कार्य गर्नका लागि बाँकेको राप्ती नदीस्थित निमार्ण गर्न लागिएको बैकुण्ठधाम सिधनियाघाटको सहयोगार्थका लागि आयोजना गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा भएको छ ।

नेपालगन्जको रामलिला मैदानमा विहीबार कार्तिक २२ गतेबाट ३० गतेसम्म संचालन हुने महोत्सवलाई ब्यवस्थित बनाउन सबै बर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर दुई हजार बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहनेगरि ११० बढी उपसमितिहरु गठन भएका छन् । सम्पूर्ण समितिहरुबाट महोत्सवका लागि आवश्यक सबै तयारी पुरा भएको मूल आयोजक समितिका महासचिव श्रीराम सिग्देलले बताउनुभयो । 

डुडुवा गाउँपालिका वार्ड नं.–५ स्थित सिधनियाघाटमा निमार्ण गर्न लागिएको बैकुण्ठधाम सिधनियाघाटको प्रचारप्रसार तथा सबैको संलग्नता प्रदान गर्न प्रमुख बाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख बाचनसहित उहाँको संगीतमय टोलीबाट १० दिनसम्म ज्ञान महायज्ञमा प्रबचन हुनेछ । 

महोत्सव तथा भागवत बाचनका बीचमा इच्छुक भक्तजनहरुबाट ब्रतबन्ध, चौरासीपूजा, तुलादान, गोप्यदान, रुद्री पूजन जस्ता अनुष्ठानहरु गर्ने गरि व्यवस्था मिलाइएको छ । पण्डित पोखरेलले पूर्वीय संस्कार र विज्ञानलाई जोडेर संगीतमय बाचन गर्ने र सबै धर्मलाई समेट्ने बताउनुभयो । 

महोत्सवको पहिलो दिन विहीबार २२ गते बिहान ११ बजे महोत्सवस्थल रामलिला मैदानबाट बिभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्रा प्रराम्भ हुनेछ भने कलशयात्राको समापन संगै महोत्सवको उद्घाटन गरिने छ ।

महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सवस्थललाई पूर्णरुपमा सिसि क्यामेरा जडान गरिएका छन् भने खानेपानी, शौचालय, बिश्राम स्थलसहित प्रसाद वितरण, व्यवस्थित बसाई र वाटरप्रुफ पाण्डालको व्यवस्था गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक डा. सुरेशकुमार कानोडियाले बताउनुभयो । 

उहाँका अनुसार महोत्सवमा दान गर्न चाहने इच्छुक दाताहरुलाई मर्यादा अनुसार रथारोहणदेखि बिशेष सम्मान प्रदान गरिने भएको छ । दानकर्ताको नाम बैकुण्ठधामको शिलालेखमा लिपिबद्ध गरि दानकर्ताहरुको योगदानलाई स्मरणीय बनाइने छ ।

महोत्सवको तयारीकै क्रममा दाताहरुबाट दान प्रप्त हुने क्रम पनि सुरु भइसकेको छ । अहिलेसम्ममा रु ४९ लाख बढी संकलन भइसकेको बैकुण्ठधाम सिधनियाघाटका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दानलाई पारदर्शी बनाउन क्युआर, नगदी रसिद र बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…