Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा

डेक्स

डेक्स

बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा
ADVERTISEMENT

नेपालगन्ज २१ कात्तिक : शवलाई दाहसंस्कारको कार्य गर्नका लागि बाँकेको राप्ती नदीस्थित निमार्ण गर्न लागिएको बैकुण्ठधाम सिधनियाघाटको सहयोगार्थका लागि आयोजना गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पुरा भएको छ ।

नेपालगन्जको रामलिला मैदानमा विहीबार कार्तिक २२ गतेबाट ३० गतेसम्म संचालन हुने महोत्सवलाई ब्यवस्थित बनाउन सबै बर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर दुई हजार बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहनेगरि ११० बढी उपसमितिहरु गठन भएका छन् । सम्पूर्ण समितिहरुबाट महोत्सवका लागि आवश्यक सबै तयारी पुरा भएको मूल आयोजक समितिका महासचिव श्रीराम सिग्देलले बताउनुभयो । 

डुडुवा गाउँपालिका वार्ड नं.–५ स्थित सिधनियाघाटमा निमार्ण गर्न लागिएको बैकुण्ठधाम सिधनियाघाटको प्रचारप्रसार तथा सबैको संलग्नता प्रदान गर्न प्रमुख बाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख बाचनसहित उहाँको संगीतमय टोलीबाट १० दिनसम्म ज्ञान महायज्ञमा प्रबचन हुनेछ । 

महोत्सव तथा भागवत बाचनका बीचमा इच्छुक भक्तजनहरुबाट ब्रतबन्ध, चौरासीपूजा, तुलादान, गोप्यदान, रुद्री पूजन जस्ता अनुष्ठानहरु गर्ने गरि व्यवस्था मिलाइएको छ । पण्डित पोखरेलले पूर्वीय संस्कार र विज्ञानलाई जोडेर संगीतमय बाचन गर्ने र सबै धर्मलाई समेट्ने बताउनुभयो । 

महोत्सवको पहिलो दिन विहीबार २२ गते बिहान ११ बजे महोत्सवस्थल रामलिला मैदानबाट बिभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्रा प्रराम्भ हुनेछ भने कलशयात्राको समापन संगै महोत्सवको उद्घाटन गरिने छ ।

महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सवस्थललाई पूर्णरुपमा सिसि क्यामेरा जडान गरिएका छन् भने खानेपानी, शौचालय, बिश्राम स्थलसहित प्रसाद वितरण, व्यवस्थित बसाई र वाटरप्रुफ पाण्डालको व्यवस्था गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक डा. सुरेशकुमार कानोडियाले बताउनुभयो । 

उहाँका अनुसार महोत्सवमा दान गर्न चाहने इच्छुक दाताहरुलाई मर्यादा अनुसार रथारोहणदेखि बिशेष सम्मान प्रदान गरिने भएको छ । दानकर्ताको नाम बैकुण्ठधामको शिलालेखमा लिपिबद्ध गरि दानकर्ताहरुको योगदानलाई स्मरणीय बनाइने छ ।

महोत्सवको तयारीकै क्रममा दाताहरुबाट दान प्रप्त हुने क्रम पनि सुरु भइसकेको छ । अहिलेसम्ममा रु ४९ लाख बढी संकलन भइसकेको बैकुण्ठधाम सिधनियाघाटका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दानलाई पारदर्शी बनाउन क्युआर, नगदी रसिद र बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको छ ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …