Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

डुडुवा गाउँपालिकाले राप्तीमा शबदाह घाट बनाउदै

डेक्स

डेक्स

डुडुवा गाउँपालिकाले राप्तीमा शबदाह घाट बनाउदै
ADVERTISEMENT

डुडुवा (बाँके), २० कार्तिक । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत राप्ती नदीमा शबदाह घाट निमार्ण भईरहेको छ । डुडुवा गाउँपालिकाले वार्ड नंं–५ स्थित राप्ती नदीको पुल नजिकै शबदाह घाट निमार्ण गर्न लागेको हो । 

जिल्लाका विभिन्न स्थानबाट शब जलाउन आउने मलामीहरुका लागि बस्ने हल, काठ दाउरा राख्ने स्टोर, खानेपानी धारा र शौचालय निमार्ण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार राप्ती नदी सिधनियाघाट व्यवस्थापनका लागि पालिकाले भौतिक पुर्वाधार निमार्ण गरिरहेको छ । 

सिधनियाघाटलाई थप व्यवस्थित बनाउनका लागि जग्गाको व्यवस्थापन, विद्युतीय शब दाह गृह निमार्ण, क्रियापुत्री घर, स्नानघर, सर्बसाधारणलाई नुहाउनका लागि घाटलगायतका संरचना निमार्ण गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताउनुयो । 

गाउँपालिकाको रु ४२ लाखको सहयोगमा डुडुवा–५स्थित राप्तीघाट व्यवस्थापन उपभोक्ता समितिमार्फत निमार्णको कार्य भईरहेको पालिकाका इन्जिनियर सुरेन्द्रकुमार बर्माले बताउनुभयो । उहाँले नदीको छेउमा पानी भरेका कारणले शव जलाउने शबदाह गृह निमार्ण गर्न ढिलाई भएकोले अब केहीदिनभित्र निमार्णको कार्य सम्पन्न हुने बताउनुभयो । 

उहाँका अनुसार नदीको छेउमा कन्क्रिट वाल लगाई माटो पटान गरि पक्की शव जलाउनका लागि शबदाह निमार्ण गरिनेछ । शबदाह निमार्णका लागि स्थानीय उदयराज यादव, गंगाराम यादव, राजकिशोर यादव र तिलकराम यादवले १२ कठ्ठा ६ धुर जग्गा दान गरेको उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहराले बताउनुभयो । 
–––

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…