Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

दशहरा मेलामा रावण बध

डेक्स

डेक्स

दशहरा मेलामा रावण बध
ADVERTISEMENT

नेपालगन्ज, २६ असोज : नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सवको आज १०औँ दिन विशेष रावण बध गरिएको छ ।  

रामलिला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुत्ला दहन गरिएको हो । यस वर्ष आयोजना गरिएको १५७औँ रामलिला महामहोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताउनुभयो । रामलिला सञ्चालक समितिले रामलिला मञ्चनको आयोजना गरेको हो ।   

आज शनिबार साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलिला मञ्चन भईरहेको छ । समितिका अध्यक्ष कानोडियाका अनुसार भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गरिरहेको छ ।  

भोलि आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ । रामलिला मैदानमा आजकै दिन धुमधामका साथ दशहरा मेला लाग्यो । मेला हेर्न जिल्लाका विभिन्न ग्रामिण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारणहरु आउने गर्दछन् । दशहरा मेलास्थल रामलिला मैदान वरपर विभिन्न स्टलसमेत राखिएका छन् । महोत्सव आसपासका सडकहरु झिलीमिली पारीएको छ भने शान्तिसुरक्षा सुदृढ बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।  

वर्षौँदेखि आयोजना हुँदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, बाणासुर लिला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लिला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर वैश्यले बताउनुभयो ।

विजयादशमीदेखि ठाउँ ठाउँमा राखिएका दुर्गा मुर्ति स्थलमा आज भण्डाराको आयोजना गरिएको छ । मेला हेर्न आएका भक्तजनहरुलाई भण्डारा खुवाउने गरिएको स्थानीय दुर्गा पुजा समितिका अध्यक्ष देवनन्द यादवले बताउनुभयो । 
–––

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…