Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन

डेक्स

डेक्स

बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन
ADVERTISEMENT

नेपालगन्ज, १६ असोजः नेपालगन्जके बागेश्वरी मन्दिर परिसरमा थुप्रिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्रको सौन्दर्य बिग्रनुको साथै दुर्गन्धित हुन थालेको छ । 

नेपालगन्जका सामाजिक अगुवा नन्दलाल वैश्यले प्रसिद्ध बागेश्वरी मन्दिर क्षेत्रमा फोहोरको व्यवस्थापन नहुनु दुःखद भएको बताउनुभयो । उहाँले पटकपटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपनि फोहोर नउठाएको गुनासो गर्नुभयो । मन्दिर परिसरको तलाउमा भएको फोहोरले मन्दिरको सौन्दर्य बिग्रँदै गएको र नवरात्र सुरु हुन लागेकाले अविलम्ब सरसफाइ गर्न उहाँको आग्रह छ । 

मन्दिर व्यवस्थापन समिति र उपमहानगरपालिका उदासीन भएको आरोप वैश्यको छ । मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले नवरात्र सुरु हुन लागेकाले सरसफाइमा ध्यान दिइएको बताउनुभयो । उहाँले केही दिनमा मन्दिर परिसरको तलाउ सफा हुने जानकारी दिनुभयो । जुङ्गे महादेव मन्दिरको पुनःनिर्माण भएकाले सरसफाइमा ढिला भएको उहाँको भनाइ छ । 

जुङ्गे महादेव मन्दिरस्थल पुनःनिर्माण समयमा पूरा हुन नसक्दा त्यससँग सम्बन्धित काम प्रभावित भएका छन् । मन्दिर परिसरको तलाउमा घाँस र झार उम्रिएको छभने पानीका बोतलले तलाउ फोहोर देखिएको छ । मन्दिर परिसर क्षेत्रमा फोहोर थुप्रिन थाले पनि तलाउ क्षेत्रको सरसफाइमा गुठीले बेवास्ता गरेको स्थानीय बताउँछन् । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…