Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

लागुऔषध नियन्त्रण गर्न बर्दिया प्रशासनको सक्रियता

डेक्स

डेक्स

लागुऔषध नियन्त्रण गर्न बर्दिया प्रशासनको सक्रियता
ADVERTISEMENT

बर्दिया, ८ असोजः जिल्लामा लागुऔषध कारोबार एवं सेवनकर्ताको सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले सिमानामा सचेतनासँगै ‘अपरेशन’ सुरु गरेको छ । 

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको टोलीले लागुऔषध कारोबारको जोखिमयुक्त नेपाल–भारत सीमा नाकामा जाँचसहित आगन्तुकलाई सचेत पार्दै पर्चा पम्प्लेट वितरण सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयको सुरक्षा समितिले तीनमहिने कार्ययोजना निर्माण गरी अभियानका रुपमा सचेतनासँगै जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । जिल्लामा करिब ८३ किलोमिटर खुला सिमाना भएकाले लागुऔषध कारोबार तथा दुव्र्यसन बढ्दै गएकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

बढैयाताल गाउँपालिकाअन्तर्गत सीमा क्षेत्रमा पर्ने फुटाहा गाउँको सिमानामा रहेको भारतीय बलई गाउँ बजारसँगको नाका लागुऔषध ओसारपसार केन्द्रका रुपमा प्रयोग भएको पाइएपछि सुरक्षा समितिले विशेष निगरानी बढाएको प्रजिअ शर्माले जानकारी दिनुभयो । 

त्यस्तै गुलरिया नगरपालिकाअन्तर्गत गणेशपुर नजिकै रहेको भारतको लौकाइ बजारसँगको नाका पनि लागुऔषध भित्र्याउने मुख्य नाकाका रुपमा पहिचान भएपछि सुरक्षा प्रमुखद्वारा नाकामा पुगी लागुऔषध रोकथामका लागि सचेतनासँगै जाँच गरिएको छ । 

मधुवन नगरपालिका र राजापुर नगरपालिकाअन्तर्गत सीमावर्ती नाकाबाट लागुऔषध नेपाल भित्रिने जोखिम रहेकाले स्थानीय प्रशासनले सीमानामा सक्रियता बढाएको प्रजिअ शर्माले बताउनुभयो । मधुवन नगरपालिका–७ की विना नेपालीले लागुऔषध कारोबार नियन्त्रणका लागि बर्दिया प्रशासनसहित सुरक्षा प्रमुख सीमानाकामा पुगेर कडाइ गर्नु प्रभावकारी कदम भएको बताउनुभयो ।  

बढैयाताल–२ की उषा सुनारले लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रमा प्रहरी प्रशासनका प्रमुखको भौतिक उपस्थिति हुनु अभिभावकका लागि खुसीको कुरा भएको बताउनुभयो । यसले अवैध कारोबार नियन्त्रण हुनुका साथै दुव्र्यसन रोकथाम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

जिल्लामा अन्य मुद्दाभन्दा लागुऔषधसम्बन्धी मुद्दा बढिरहेकाले लागुऔषध नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले बताउनुभयो । उहाँका अनुसार भारतीय सीमासँग जोडिएका जिल्लाका चार पालिका लागुऔषधको उच्च जोखिममा छन् । 

लागुपदार्थको जोखिम घटाउन सबैको सहयोग आवश्यक पर्ने बताउँदै प्रउ धितालले बर्दिया लागुऔषधको दृष्टिले लुम्बिनी प्रदेशमा तेस्रो स्थानमा पर्ने जानकारी दिनुभयो । सचेतनासँगै लागुऔषध नियन्त्रणमा सुरु गरिएको ‘अपरेशन’ प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…