Pairabi logo

असोज १२, २०८३, सोमबार                    

होटल व्यवसायमा लगानी थपिँदै

डेक्स

डेक्स

होटल व्यवसायमा लगानी थपिँदै
ADVERTISEMENT

नेपालगन्ज ४ असोज स् बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित  सामुदायिक घरबास ९होमस्टे०ले धमाधम स्तरोन्नति गर्न थालेका छन् । यहाँ सुविधा सम्पन्न रिसोर्ट पनि थपिएका छन् । 

 पर्यटकलाई स्तरीय सेवा दिन लगानी थप गरी यहाँका होमस्टे र होटलको स्तरोन्नति भइरहेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । आन्तरिक पर्यटकलाई अधिकतम सुविधा दिँदै बाह्य पर्यटकलाई समेत लक्षित गरी होमस्टेमा लगानी थप भइरहेको उहाँको भनाइ छ । गाभर भ्यालीमा पछिल्लो पटक रु १२ करोडको लगानीमा सुविधा सम्पन्न बिसौनी ग्रिनरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ । 

गाभरमा स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको महाप्रबन्धक केशवप्रसाद चालिसेले बताउनुभयो । अर्गानिक माछा मासु तथा तरकारीका लागि पाँच बिघा क्षेत्रफलको जमिनमा होटलले आफ्नै अष्ट्रिज, हाँस, लोकल कुखुराको फार्म, माछापोखरी पनि सञ्चालन गर्दै आएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित बिसौनीले पर्यटन प्रवद्र्धनका लागि पदयात्रा, गाडी, घोडा र साइकल चढेर जङ्गल सफारीको व्यवस्थासमेत गरेको छ । 

 रत्नराजमार्गदेखि करिब सात सय मिटरभित्र मिनी गाभरक्षेत्रमा रहेको बिसौनीमा मार्सी चामलको भात, थारु समुदायका परिकार, घोंगीसमेत पाहुनालाई उपलब्ध गराउने गरेको महाप्रबन्धक चालिसेले जानकारी दिनुभयो । होटलका आकर्षक भवन संरचना प्रवेशद्वारमै रहेको झरनालगायतको हरियाली वातावरणले पाहुनालाई आकर्षित गर्ने गरेको छ । होटलका प्रबन्ध निर्देशक उपेन्द्रकुमार शाही भन्नुहुन्छ, “हालसम्म रु १२ करोड लगानी भइसकेको छ, अझै धेरै संरचना निर्माणका  क्रममा रहेका छन् ।” 

बाँकेमा पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन रिसोर्ट सञ्चालन गरेको महाप्रबन्धक चालिसेले बताउनुभयो । गाभरमा बिसौनी रिसोर्ट सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । नेपालगञ्ज, कोहलपुरलगायतका ठाउँबाट दैनिक रुपमा घुम्न र बस्न आउने पाहुनाको सङ्ख्या बढ्दो रहेको उहाँले बताउनुभयो ।  

ताजा

सबै

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

लोकप्रिय

सबै

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…