Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

धुमधामका साथ ‘मोहम्मद जयन्ती’ मनाइयो

डेक्स

डेक्स

धुमधामका साथ ‘मोहम्मद जयन्ती’ मनाइयो
ADVERTISEMENT

नेपालगन्ज, ३१ भदौः इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको आज जन्मदिन । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९९ औं शुभ जन्मोत्सव यहाँ धुमधामका साथ मनाइँएको छ ।  

सो अवसरमा आज ठुलो संख्यामा मुस्लिम धर्मावलम्बीको सहभागिता रहेको एक शुभजन्मोत्सव जुलुसले नगर परिक्रमा गरेको छ । नेपालगन्ज आसपासका क्षेत्रबाट ब्यानर लिएर आएका समुदायका सर्वसाधारणको ठुलो सङ्ख्यामा बैण्ड बाजासहित जुलुसमा सहभागिता थियो । 

जुलुसमा सयौं गाडी, ब्याट्री रिक्सा, ट्याक्टर र मोटरसाइकललाई पनि सहभागी गराइएको छ । नगरका विभिन्न स्थानमा मिठाई, फलफूल, पानी, जुस, चिया र अन्य खानेकुरा वितरण गरिंयो । 

शुभजन्मोत्सव जुलुशले नेपालगन्जका सबै मूख्य भागको परिक्रमा गरि स्थानीय गौसिया मदरसामा पुगेर समापन भएको छ । समापनमा मुस्लिम अगुवा तथा धर्मगुरुहरुले हजरत मोहम्मदको सन्देश र जीवनी बारे आ आफ्नो धारणा व्यक्त गरेको मुस्लिम अगुवा हमिद सिद्दिकीले बताउनुभयो । 

बाँकेको नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकाले मोहम्मद डे को अवसरमा सोमवार सार्वजनिक बिदा दियो । मोहम्मद डे का लागि नेपालगन्ज नगरलाई दुई दिन पहिलेदेखिनै दुलही झैं सिंगारिएको छ । जताततै ध्वजा पताका, लाइट र झण्डाले सजाइएको छ । सहरलाई नै रङ्गिचङ्गी बनााइएको छ । 
–––

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …