Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

सम्वाददाता

सम्वाददाता

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन
ADVERTISEMENT

नेपालगन्ज, २४ भदौ :  बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन छन् । ती स्थलहरुमा सडक, विद्युत् र खानेपानीको व्यवस्था हुन सकेको छैन । बाँकेका ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानी लगायतका पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा पनि भीड लाग्ने गर्छ । 

नरैनापुर गाउँपालिकास्थित चुरे पहाडमा रहेको सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गए पनि मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र विजुलीबत्ती नहुँदा कष्ट व्यहोर्नुपरेको मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिनुभयो । नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा र त्यसपछि करिब दुई किलोमिटर पैदलयात्रा गरी उकालो पहाड चढ्नुपर्छ । 

सन्तानेश्वर मन्दिर र राप्तीसोनारीमा रहेको बाबा बर्फानी मन्दिर पछिल्लो पटक धार्मिक पर्यटकको रोजाइमा परे पनि त्यहाँ पुग्ने सडकको अवस्था दयनीय रहेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो ।

उहाँका अनुसार, बाँकेको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पु¥याउने गरी पर्यटन मार्गको कल्पना गरिएको छ । यो धार्मिक पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं। ३ बैजापुरस्थित भुवरभवानी मन्दिर वडा नं।४ स्थित वर्फानी बाबा, वडा नं। ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई राखिएको छ । 

कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पु(याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पु(याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।  

धार्मिक पर्यटन मार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँगाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । उहाँले गाभरमा रहेको पारिजात बगानलाई मार्गमा समेटिएकाले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्नुभयो ।

बाँके क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लामा रहेका ऐतिहासिक मठ मन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने गरी काम गर्न चालु आथिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको बताउनुभयो । 

उक्त वजेट बाँकेको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पु(याउने गरी पर्यटन मार्ग निर्माणमा कार्यान्वयन गरिने उहाँको भनाइ छ । 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…