Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

सम्वाददाता

सम्वाददाता

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन
ADVERTISEMENT

नेपालगन्ज, २४ भदौ :  बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन छन् । ती स्थलहरुमा सडक, विद्युत् र खानेपानीको व्यवस्था हुन सकेको छैन । बाँकेका ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानी लगायतका पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा पनि भीड लाग्ने गर्छ । 

नरैनापुर गाउँपालिकास्थित चुरे पहाडमा रहेको सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गए पनि मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र विजुलीबत्ती नहुँदा कष्ट व्यहोर्नुपरेको मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिनुभयो । नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा र त्यसपछि करिब दुई किलोमिटर पैदलयात्रा गरी उकालो पहाड चढ्नुपर्छ । 

सन्तानेश्वर मन्दिर र राप्तीसोनारीमा रहेको बाबा बर्फानी मन्दिर पछिल्लो पटक धार्मिक पर्यटकको रोजाइमा परे पनि त्यहाँ पुग्ने सडकको अवस्था दयनीय रहेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो ।

उहाँका अनुसार, बाँकेको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पु¥याउने गरी पर्यटन मार्गको कल्पना गरिएको छ । यो धार्मिक पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं। ३ बैजापुरस्थित भुवरभवानी मन्दिर वडा नं।४ स्थित वर्फानी बाबा, वडा नं। ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई राखिएको छ । 

कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पु(याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पु(याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।  

धार्मिक पर्यटन मार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँगाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । उहाँले गाभरमा रहेको पारिजात बगानलाई मार्गमा समेटिएकाले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्नुभयो ।

बाँके क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लामा रहेका ऐतिहासिक मठ मन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने गरी काम गर्न चालु आथिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको बताउनुभयो । 

उक्त वजेट बाँकेको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पु(याउने गरी पर्यटन मार्ग निर्माणमा कार्यान्वयन गरिने उहाँको भनाइ छ । 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…