Pairabi logo

भदौ ३१, २०८१, सोमबार                    

राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती सुरु

डेक्स

डेक्स

राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती सुरु
ADVERTISEMENT

डुडुवा (बाँके) ४ भदौ : धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती सुरु भएको छ । 

डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा श्रावण शुक्ल पुर्णिमाका दिन सोमबार साँझ ७ बजे महाआरती सुरु भएको हो । सोमबार सुरु भएको पहिलो आरतीमा जिल्लाका विभिन्न स्थानबाट स्थानीय सर्वसाधरण भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती सुरु गरिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो । उहाँका अनुसार अब हरेक महिनाको पुर्णिमाको दिन नियमित रुपमा महाआरती हुनेछ । 

राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा पनि परिचित रहेको छ । नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम (कवाँरिया), दशैमा दुर्गामुर्तीको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा महाशिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ । 

राप्ती नदी, पुल, मन्दिर र निमार्ण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्याप्रर्यटनको रुपमा विकास गर्न थालिएको स्थानीय अगुवा सूर्यलाल यादवले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रलाई जिल्ला मै पहिचान गराई यहाँको सम्भावनालाई दिगो बनाउन पहल गरिएको हो । 

राप्ती नदीमा अहिले डुडुवा गाउँपालिकाको सहयोगका शवदाह केन्द्र निमार्ण भईरहेको छ भने बैकुण्ठधाम सिधनियाघाट पनि निमार्ण हुन लागेको हो । 

ताजा

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट

डुडुवा (बाँके), ३१ भदौ :स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको …

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्व…

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

नेपालगञ्ज २४ भदौः नेपालगन्जस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा…

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

नेपालगन्ज, २४ भदौः राप्तीसोनारी गाउँपालिका१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ट

डुडुवा (बाँके), ३१ भदौ :स्वास्थ्य क्षेत्रमा गुणस्तरिय तथा प्रभावकारी सेवा प्रवाह गरेको …

यो पनि

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

नेपालगञ्ज २४ भदौः नेपालगन्जस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा…

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

नेपालगन्ज, २४ भदौ : बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन…

गणेश चतुर्थी पर्व मनाइँदै

गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ, २२ भदौः प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नु…

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

कैलाली, ५ भदौ : निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि…