Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

सम्वाददाता

सम्वाददाता

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
ADVERTISEMENT

नेपालगन्ज, २ भदौस् बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित डुडुवा खोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

खोलामा पुलको व्यवस्था नहुँदा स्थानीयले काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । बर्खायाममा बालबालिकालाई विद्यालय पठाउन र आवतजावत गर्न समस्या हुने गरेको राप्ती सोनारी–९ खैरी टोल निवासी लालबहादुर विकले बताउनुभयो ।

“हिउँदमा जसोतसो आवतजावत गरे पनि बर्सातमा ठूलो जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ”, विकले भन्नुभयो, “खैरीटोलबाट विद्यालय पढ्न गुरुवागाउँ जान बालबालिका जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।” राप्ती सोनारी–९ मै बग्ने भक्ते खोला र चुके नालामा बर्सातमा आउने बाढीले स्थानीय प्रभावित हुँदै आएका छन् । वडामा रहेका खहरे खोलामा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा कटान तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय भरत खड्काले बताउनुभयो । 

राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणजस्ता पूर्वाधार विकास गर्नुपर्ने धेरै भए पनि वडाको सीमित बजेटबाट गर्न नसकिएको बताउनुभयो । “वडाका धेरै टोलमा पुल र कल्भर्टको आवश्यकता छ, निर्माणका लागि निरन्तर पहल भइरहेको छ”, वडाध्यक्ष थारूले भन्नुभयो, “गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसमक्ष आवश्यक बजेटको लागि पटक–पटक माग गर्दै आएका छाँै ।”

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी–९ खैरीटोलस्थित डुडुवा खोलामा पुल निर्माणका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले सकेसम्म यो आर्थिक वर्षमै पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिने उल्लेख गर्नुभयो । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँकेका राप्ती सोनारी र नरैनापुरवासी खहरे खोलाबाट पीडित हुँदै आएकाले आवश्यक पुल र तटबन्धका लागि सम्बन्धित मन्त्रालयमा योजना पेस गरेको बताउनुभयो ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …