Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

सम्वाददाता

सम्वाददाता

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
ADVERTISEMENT

नेपालगन्ज, २ भदौस् बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित डुडुवा खोलामा पुल नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

खोलामा पुलको व्यवस्था नहुँदा स्थानीयले काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । बर्खायाममा बालबालिकालाई विद्यालय पठाउन र आवतजावत गर्न समस्या हुने गरेको राप्ती सोनारी–९ खैरी टोल निवासी लालबहादुर विकले बताउनुभयो ।

“हिउँदमा जसोतसो आवतजावत गरे पनि बर्सातमा ठूलो जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ”, विकले भन्नुभयो, “खैरीटोलबाट विद्यालय पढ्न गुरुवागाउँ जान बालबालिका जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।” राप्ती सोनारी–९ मै बग्ने भक्ते खोला र चुके नालामा बर्सातमा आउने बाढीले स्थानीय प्रभावित हुँदै आएका छन् । वडामा रहेका खहरे खोलामा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा कटान तथा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय भरत खड्काले बताउनुभयो । 

राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणजस्ता पूर्वाधार विकास गर्नुपर्ने धेरै भए पनि वडाको सीमित बजेटबाट गर्न नसकिएको बताउनुभयो । “वडाका धेरै टोलमा पुल र कल्भर्टको आवश्यकता छ, निर्माणका लागि निरन्तर पहल भइरहेको छ”, वडाध्यक्ष थारूले भन्नुभयो, “गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसमक्ष आवश्यक बजेटको लागि पटक–पटक माग गर्दै आएका छाँै ।”

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी–९ खैरीटोलस्थित डुडुवा खोलामा पुल निर्माणका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले सकेसम्म यो आर्थिक वर्षमै पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिने उल्लेख गर्नुभयो । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँकेका राप्ती सोनारी र नरैनापुरवासी खहरे खोलाबाट पीडित हुँदै आएकाले आवश्यक पुल र तटबन्धका लागि सम्बन्धित मन्त्रालयमा योजना पेस गरेको बताउनुभयो ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…