Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

राप्ती नदी सिधनिया घाटमा गंगा महाआरती हुदै

सम्वाददाता

सम्वाददाता

राप्ती नदी सिधनिया घाटमा गंगा महाआरती हुदै
ADVERTISEMENT

नेपालगन्ज ३२ साउन । धार्मिक पर्यटन प्रवद्र्धनका लागि बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गर्ने तयारी भएको छ । बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा गंगा महाआरती हुन लागेको हो । 

राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती गर्न लागिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो । उहाँका अनुसार यही भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाका दिन साँझ ६ बजे महाआरती सुरु गर्न लागिएको हो । 

स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा सोमबारदेखि सुरु हुने महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिने छ । महाआरतीको तयारी अहिले तिब्र रुपमा भईरहेको छ । राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । 
नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ । 
राप्ती नदी, पुल, मन्दिर र निमार्ण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्याप्रर्यटनको रुपमा विकास गर्न थालिएको स्थानीय अगुवा सूर्यलाल यादवले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रलाई जिल्ला मै पहिचान गराई यहाको सम्भावनालाई दिगो बनाउन पहल गरिएको हो । 

राप्ती नदीमा अहिले डुडुवा गाउँपालिकाको सहयोगका शवदाह केन्द्र निमार्ण भईरहेको छ भने बैकुण्ठधाम सिधनियाघाट पनि निमार्ण हुन लागेको हो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …