Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण

सम्वाददाता

सम्वाददाता

मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण
ADVERTISEMENT

शिवा शर्मा 

बर्दिया, २६ असार । बर्दियाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको छ । प्रजिअ शर्माले गुलरिया नगरपालिका वडा नं। ८ सुरजपुरस्थित मुस्लिम समुदायको अन्त्यष्टि गर्ने ठाउँ कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको हो ।

प्रजिअ शर्माले हरयाली बाताबरणका लागि हरेक स्थानमा विरुवा रोपेर बातावरणीय प्रर्दशणको न्युनीकरणमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले  रोपिएका विरुवाको रेखदेख तथा स्यहार गर्दै यस क्षेत्रलाई हरियाली बनाउनु आग्रह गर्नुभयो । जय हरियाली अभियानको स्वच्छ वातावरण सहित गुलरियालाई हरियाली बनाउने अभियानमा जुटी सहयोग गर्न उहाँले आवहान गर्नुभयो । 

डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल वन अधिकृत प्रविण विडारीले आफु बर्दिया रहुन्जेल कब्रिस्थान, मस्जिद, मदरसा लगायतका ठाउँहरुमा जय हरियाली अभियानलाई चहिने विरुवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आफु बर्दिया आएदेखि कब्रिस्थानमा गएर पहिलो पटक बृक्षारोपण गरेको बताउनुभयो ।

बृक्षारोपणमा जय हरियाली अभियानका संयोजक कमल राज पौडेल देवकमलले विभिन्न जातका १ सय ५० वटा विरुवा रोपण गरेको जानकारी गराउँदै सम्पूर्ण गुलरियावासीहरुलाई यस अभियानमा साथ र सहयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा मुस्लिम समुदायका अगुवा अब्बास अली धोवीले मुस्लिम समुदायको नेतृत्व गर्दै प्रजिअ रुद्रादेवी शर्मा, डिभिजनल वन अधिकृत प्रविण विडारी र जय हरियाली अभियानका संयोजक कमल राज पौडेल देवकमल लगायतको टिम आएर कब्रिस्थानमा बृक्षारोपण गरेकोमा आफुहरुले आभार प्रकट गरेको बताउनुभयो । 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

यो पनि

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…