Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

‘कृष्णसार संरक्षणमा प्रदेश सरकार गम्भीर बन्नुपर्नेमा जोड

सम्वाददाता

सम्वाददाता

‘कृष्णसार संरक्षणमा प्रदेश सरकार गम्भीर बन्नुपर्नेमा जोड
ADVERTISEMENT

बर्दिया, १९ असार : लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अनुगमन गरेको छ ।  संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत कृष्णसारको प्राकृतिक बासस्थान क्षेत्र नास हुन थालेको गुनासा बढेपछि समितिको टोलीले आज त्यस क्षेत्रको अवलोकन भ्रमण गरेको हो । 

लुम्बिनी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का प्रमुख सचेतक तुलसी चौधरीले कृष्णसारलाई बाह्य जनावरको आक्रमणबाट जोगाउन आवश्यक रहेको बताउनुभयो । कृष्णसारको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको अहम् भूमिका रहने उल्लेख गर्दै उहाँले त्यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “कृष्णसारको प्रचारप्रसार र संरक्षण गरी पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन जरूरी छ । त्यसका साथै यहाँ आउने पर्यटकलाई केही दिन टिकाउनसक्ने पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकमार्फत स्थानीय समुदायको आयआर्जन बढाउने गरी सरकारले पहल गर्नुपर्छ”, उहाँले चौधरीले भन्नुभयो । 

नेपाली कांग्रेस, लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले कृष्णसार संरक्षण क्षेत्रको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बासस्थान क्षेत्रमा घाँसेमैदान व्यवस्थापन र मिचाहा प्रजातिको न्यूनीकरण आवश्यक देखिएकाले कृष्णसारको बासस्थान क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख सूर्य खड्काले त्यहाँको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले स्याल, चितुवालगायत भुस्याहा कुकुरको आक्रमणका कारण कृष्णसार संरक्षणमा चुनौती रहेको बताउनुभयो । हाल खेरापुर क्षेत्रमा दुई सय २४ कृष्णसार रहेका जानकारी दिनुहुँदै उहाँले संरक्षण क्षेत्रको अतिक्रमित बस्ती व्यवस्थापन नहुँदा समस्या भएको जानकारी गराउनुभयो ।

अनुगमनमा समितिका सभापति लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, जन्मजय तिमिल्सिना, तुलसीप्रसाद चौधरी, खेमबहादुर सारु, भगवती चौधरी र तुलसीराम शर्मा रहनुभएको थियो । 

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…