Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता

डेक्स

डेक्स

बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता
ADVERTISEMENT


नेपालगन्ज  । शेयर बजारका लागि ब्रोकर (दलाल) कार्यालय स्थापना भएको आठ बर्षपछि नेपालगन्जमा डिम्याट (हितग्राही )खाता खोल्नेहरुको सङ्ख्या हवात्तै बढेको छ । सो अवधिमा अहिलेसम्म बाँकेमा ६२ हजार ७९६ जनाले हितग्राही खाता खोलेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि., नेपालगन्जका प्रमुख उदय अधिकारीले जानकारी दिनुभयो ।

ती खातामध्ये ३७ हजार ३०० पुरुष, २७ हजार ४५९ महिला र ३७ जना अन्यको रहेका छन् । यसमध्ये पनि करिव १० प्रतिशत निष्क्रिय खाता रहेको बताइएको छ । अधिकारीले कार्यालय स्थापनाकालमा हितगा्रही खाता खोल्न काम हम्मे हम्मे भएको स्मरण गर्दै जसोतसो गरेर ५००० खाता पु¥याएको बताउनुभयो । “घर घरमा जानुपथ्र्यो, कहाँ कहाँ पुगेपनि बोलाएर ल्याउनुपथ्र्यो ” उहाँले भन्नुभयो । 

अधिकारीले ट्रेडरका रुपमा ३०० जना सक्रीय लगानीकर्ता रहेको उल्लेख गर्दै त्यही दिन शेयर किन्ने र त्यही दिन बेच्ने तरिकाले पनि लगानीकर्ता सक्रिय रहेको बताउनुभयो । “एकै दिनमा पुरानो बेचेर नयाँ किन्ने पनि हुन्छन्” उहाँले भन्नुभयो । बैङ्कले पनि खाता खोल्ने अनुमति पाउनु र हितग्राहरी खाता खोलेपछि लगानी गरेर फाइदा लिन सकिन्छ भन्ने विषयमा लगानीकर्ता गाउँगाउमा समेत सचेत भएकाले यसप्रतिको आर्कषण बढ्दै गएको अधिकारीको भनाई छ । 

लगानीकर्ता कुल प्रसाद शर्माले (आइपिओ) प्राथमिक निष्काशन को शेयर भर्न पनि हितग्राही खाता खोल्नेहरु बढेको भन्दै लहैलहैमा लागेर पनि हितग्राही खाता धेरै भएको टीप्पणी गर्नुभयो । शेयर बजारमा (टीएमएस) ट्रेडिङ् म्यानेजमेण्ट, सिस्टमबाट कारोवार गर्नेको सङ्ख्या हितग्राही खाता भन्दा कम देखिएको छ । बाँकेमा २९ हजार १७३ जनाले शेयर बजारमा (टीएमएस) मार्फत कारोवार गरेका छन् ।

यसमध्ये १० जना संस्थागत लगानीकर्ता समेत रहेका छन् । कतिपयले नेपालगन्ज बसेर पनि अन्य ब्रोकर कार्यालय मार्फत काम गरेको बताइएको छ । विस २०७३ मा नेपालगञ्जमा इम्पेरियल सेक्युरिटीज प्रालि पहिलोपटक स्थापना भएको थियो । त्यसपछि कालिका सेक्युरिटीज प्रालिसहित दुई ब्रोकर कार्यालय रहेका छन् ।

यहाँ बाँके, बर्दिया, दाङ, कैलाली, कालिकोट, जुम्लालगायतका जिल्लाबाट सेयर कारोबार गर्न लगानीकर्ता नेपालगन्ज आउँछन् । कुनै बेला रु २७ करोडसम्म कारोबार गरेको इम्पेरियल सेक्युरिटीजले अहिले पनि रु एक करोडदेखि रु एक करोड ५० लाखसम्म दैनिक कारोबार भएको दाबी गर्दै आएको छ । 

पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगन्जमा सेयर बजारप्रतिको रुचि बढ्दै जाँदा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर बजारमा लगानी गरेका छन् । 
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…