Pairabi logo

चैत ३०, २०८२, सोमबार                    

डुडुवाको १६औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट सार्वजनिक

सम्वाददाता

सम्वाददाता

डुडुवाको १६औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट सार्वजनिक
ADVERTISEMENT

डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । 

संघिय सरकारको वित्तिय समानिकरण अनुदानतर्फ रु ११ करोड ६४ लाख र संघिय सरकारको राजश्व बाडफाड रु १० करोड ८४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाडफाड रु ४४ लाख ८ हजार, आन्तरिक स्रोत रु ३ करोड ५२ लाख, ससर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान (संघ) रु २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट रु १ करोड ७० लाख र सशर्त अनुदान पुजिगत तर्फ रु ६५ लाखको बजेट प्रस्तुत भएको छ ।      

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतको विषयलाई समेटेर टेवा पुरयाउने उद्देश्यले निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८१ प्रस्तुत गर्नु भएको थियो । सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मत रुपमा पारित भएको छ ।  

गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडीले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । आजको सभामा गणपुरक संख्या २७ जनाको उपस्थिती रहेको थियो । 

आगामी आ.व. २०८१।०८२ को डुडुवा गाउँपालिकाको महत्वपूर्ण नीति तथा कार्यक्रमहरु यस प्रकारका रहेका छन । 
नीति तथा कार्यक्रम :

कृषि विकास कार्यक्रम तर्फ
१.    कृषि विकास कार्यक्रमा बिउ प्रशोधन केन्द्र को निमार्ण कार्य भई संचालनको अवस्थामा रहेको ।
२.    डुडुवा गाउपालिका तरकारी उत्पादनको पकेट क्षेत्र रहेको र जिल्लामा आपुर्ती हुने तरकारीको मुख्य हिस्सा डुडुवाबाट आपुर्ती हुने हुदा सीत भण्डार निर्माण बाट तरकारी तथा फलफुल भण्डारण गर्न स्थानीय कृषकको उत्पादन सस्तो मूल्यमा बिक्रि गर्नु पर्ने र स्टोरको लागि टाढा लैजादा कृषकको खर्च बढी हुने समस्या समाधान भई आफ्नो उत्पादन स्टोर गरि बढी मूल्यमा बिक्रि वितरण गर्न सकियोस भनि  वडा नं. ६ मा कोल्ड स्टोर निर्माण कार्य भईरहेको र सो निर्माण कार्य आ.ब.२०८१÷०८२ मा सम्पन्न गर्ने गरी कार्य भईरहेको ।
३.    व्यवसायिक कृषि उत्पादन कार्यका लागि कृषि यान्त्र उपकरण वितरण उन्नत बिउविजन वितरण तथा किटनाषक बिषादी निःशुल्क वितरण कार्यलाई निरन्तरता ।
४.    उन्नत बिउ उत्पादन कार्यक्रम संचालनबाट कृषकहरुले उत्पादन गरेको बिउ संकलन गरी बिक्री वितरण कार्यबाट आयआर्जन  बृद्धि गर्ने लक्ष्य लिईएको।
५.    खाद्यान्न बिउ उत्पादन कार्यक्रम अन्तरगत आ.ब.२०८०÷०८१ मा धानको मूल बिउ कृषक÷समूह÷सहकारी मार्फत वितरण गरी उन्नत बिउ उत्पादन कार्यको क्षेत्र बिस्तार तथा उत्पादन कार्यमा नियमन गरी गुणस्तर बिउ उत्पादन गर्न कृषकहरुलाई प्राविधिक सेवा प्रदान गरिरएको र उक्त कार्यक्रम लाई निरन्तरता दिईएको । 

पशु स्वास्थ्य कार्यक्रमतर्फ
१.    घर–घरमा पशु स्वास्थ्य उपचार कार्यलाई निरन्तरता दिई सेवा दिईरहेको ।
२.    नश्ल सुधार कृत्रिम गर्भाधान कार्यक्रम मार्फत सेवा दिईरहेको ।
३. पशुमा लाग्ने महामारी रोग नियन्त्रणका लागि विभिन्न भ्याक्सिनेशन खोप कार्यक्रम    घरदैलोमा संचालन भई रहेको हुदा सो कार्यक्रमलाई निरन्तरता दिईएको । 
४.    पशुको बाहय तथा आन्तरिक परिजिवि नियन्त्तण सेवा घरदैलोमा संचालन भई रहेको हुदा सो कार्यक्रमलाई निरन्तरता दिइएको ।
५.    बाख्रापालन गर्ने कृषकहरुको लागि नश्ल सुधार गर्नका लागि बोका वितरण कार्यक्रमलाई निरन्तरता दिइएको ।

स्वास्थ्य सेवा कार्यक्रमतर्फ
१.    डुडुवा गाउँपालिकाका वडा नं. २, ५ र ६ मा स्वास्थ्य परिक्षण ल्याब संचालन गरी स्वास्थ्य सेवाको पहुच पुर्याउने कार्य भईरहेको साथै वडा नं. ३ मा ल्याब स्थापनाका लागि खरिद सम्बन्धि सम्पूर्ण प्रक्रिया पुरा गरि उपकरण आपूर्ति भई सकेको हुदा केहि दिनमा संचालनमा ल्याईने छ ।
२.    गाउँपालिका अध्यक्ष संग स्वास्थ्य कार्यक्रम अन्तरगत जेष्ठ नागरिक निशुल्क उपचार सेवा, निशुल्क एम्बुलेन्स सेवा, निशुल्क स्वास्थ्य विमा कार्यक्रम, निशुल्क प्रयोगशाला जाच सेवा संचालन तथा प्रभावकारी रुपमा निरन्तर संचालन गरिने ।
३.    घर–घर स्वास्थ्य कार्यक्रम अन्तरगत प्रत्येक घरदैलोमा गई सबै समुदायका नागरिकहरुलाई निशुल्क स्वास्थ्य जाच सेवा, दिर्घरोगको पहिचान गर्ने, स्वास्थ्य कार्ड वितरण, स्वास्थ्य सम्बन्धि जनचेतना मुलक जानकारी गराउने तथा विभिन्न अभियानलाई निरन्तर संचालन गरिने छ ।
४.    घर–घर स्वास्थ्य कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क प्रयोगशाला जांच, ग्रामिण अल्ट्रासाउण्ड सेवा निशुल्क संचालन गरिने छ 
५.    आयुर्वेदिक सेवा निशुल्क रुपमा संचालन तथा निरन्तरता दिइने छ, साथै बैकल्पिक स्वास्थ्य सेवालाई वडा नं. २ र ५ मा संचालन भई रहेकोलाई संचालन तथा निरन्तरता दिईने छ । 
६.    स्वास्थ्य संस्थाको पूर्वाधार सुधारका लागि गाउँपालिकाको बजेटका अतिरिक्त संघ र प्रदेश सरकारको समन्वयमा स्वास्थ्य संस्थाका पूर्वाधार निर्माण गर्ने गरि आवश्यक पहल भईरहेको । 
७.    स्वास्थ्य चौकी बेतहनीलाई स्तरउन्नति गरि प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा संचालन गर्न आवश्यक पूर्वाधार उपकरण जडान लगायतका कार्य सम्पन्न भएको र चालु आ.ब. देखि बिशेषज्ञ सहितको स्वास्थ्य सेवा सुचारु गरी २४ घण्टा आक्समिक स्वास्थ्य सेवा संचालन गर्ने लक्ष्य लिईएको ।
८.    चालु आ.ब.२०८१÷०८२ मा सामुदायिक आँखा स्वास्थ्य उपचार केन्द्र स्थापना गरिने लक्ष्य लिईएको छ।

शिक्षा कार्यक्रमतर्फ
१.    बालविवाह न्यूनीकरण गर्न र छोरीहरुलाई कम्तीमा पनि क्भ्भ् सम्मको पढाई अनिवार्य गर्न आकस्मिक दुर्घटना विमा सहितको कन्या मुद्धती शिक्षा योजनालाई निरन्तरता दिईएको छ ।
२.    क्भ्भ् पास गरेका छात्राहरुलाई उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन गर्न .क्भ्भ् उत्तीर्ण छात्रालाई साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
३.    घर व्यक्तिको पहिलो पाठशाला भएकाले संस्कार र नैतिक शिक्षा विकास गर्ने हेतु सहित राष्ट्र राष्ट्रियता र देश भक्तिले ओतप्रोत गराउने गरी गाउँपालिका स्तरिय पाठक्रम निर्माण  उन्मुख रहेको ।
४.    डुडुवा गाउँपालिका भित्रका नागरिकहरुलाई योग्यता अनुसारको सरकारी सेवा प्रवेशका लागि लोकसेवा तयारी कक्षा संचालन गरिने ।
५.    आर्थिक रुपमा कमजोर तथा जेहेन्दार बिद्यार्थीलाई पढाईमा आवश्यक सहयोग गरिने ।
६.    बाल विकास केन्द्र मदरशा तथा सामुदायिक बिद्यालयलाई गुणस्तरिय शिक्षा, भाषा संरक्षण र विकासमा जोड दिईने ।
७.    बिद्यालय सुधार योजना तयार गरी कार्यान्वयनमा ल्याईने ।
८.    मा.वि., उच्च मा.वि मा प्रतिस्पर्धा सहितको शिक्षा तथा कार्य सम्पादन गरिने 
९.    छात्राहरुलाई आत्मरक्षाका लागि आधारभूत विद्यालय, मा.वि. तथा उच्च मा.वि. हरुमा जुडो कार्यक्रम संचालन गरिने छ । 

संस्थागत विकास तर्फ
१.    गाउँपालिका अन्तर्गत वडा कार्यालय स्वास्थ्य चौकी तथा बिद्यालयहरुमा सि.सि.टि.भि.बाट निगरानी गरी आवश्यक निर्देशन दिने गरिएको ।
२.    मठ मन्दिर मस्जिद चर्चको पूर्वाधार निर्माण गरी धार्मिक सदभाव कायम गरिने ।
३.    राप्ति नदी किनारमा सव दाह गृह निर्माण कार्य सुरु गरिएको ।
४.    ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक जिवन निर्वाह भत्तालाई निरन्तरता दिइएको ।
५.    भूमिहिन सुकुमवासी तथा आव्यवस्थित बसोवासीहरुको लगत संकलन कार्य वडा नं. २ ४ र ५ बाट सुरु गरिएको ।
६.    डुडुवा गाउँपालिकाको विकट मानिने रामनगर पाझा छिटाईपूर्वा पाझामा सडक संजाल र विद्युतिकरण मार्फत गाउँपालिकासंग जोडिएको ।
७.    राप्ती नदि धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्व राख्ने भएकाले राप्ती नदि संग जोडिएको डुडुवा गाउँपालिका वडा नं.२ रामनगर पाझामा रहेको सार्वजनिक जग्गामा १५० फिटको शिवको प्रतिमा सहितको उद्ध्यान निर्माण, क्याम्पस (कृषि र प्राविधिक धार) स्थापना, खेल मैदान, पिकनिक स्पोट र होम स्टे निर्माण बाट धार्मिक शैक्षिक तथा पर्यटन विकासमा टेवा पुग्ने र स्थानीय जनतालाई रोजगारी सिर्जना हुनगई आय आर्जन वृद्धि हुने उदेश्यले एकिकृत विकास योजना सुरु गरिएको छ । 
८.    जग्गा पहिचान कार्यक्रमलाई निरन्तरता दिईएको ।
९.    साँस्कृति प्रर्वद्धन तथा विपन्न सहायता कार्यक्रमलाई निरन्तरता दिईएको ।

बन वातावरण र विपत व्यवस्थापन तर्फ
१.    वन वातावरण संरक्षण तथा विपत व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको ।

लघु–उधम कार्यक्रम तर्फ
१.    सिप मूलक तालिम मार्फत आयआर्जन बृद्धि गर्न आवश्यक कार्यक्रम तथा बजेटको  व्यवस्था गरिएको ।

खेलकुद विकास कार्यक्रम
१.    खेलकुदका माध्यमबाट व्यक्तिको मानसिक शारिरिक विकासका लागि विभिन्न खेलकुदहरुमा समूह तथा क्लब मार्फत खेल साम्रगी प्रदान गर्ने तथा प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको ।

 

 

ताजा

सबै

बाँकेमा व्यावसायिक स्ट्रबेरी खेती सुरु

निशु जोशी नेपालगन्ज, २९ चैत । बाँकेका किसानहरू परम्परागत खेती छोडेर नयाँ तथा व्याव…

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

नेपालगन्ज २९ चैतः आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँक…

कानूनी सहायता समितिमार्फत दुई सय तीन मुद्धामा निःशुल्क सेवा

बाँके, २८ चैत : बाँकेमा कानूनी सहायता समितिले निशुल्क कानूनी सेवा उपलब्ध गराएकोछ …

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…

लोकप्रिय

सबै

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डुडुवा (बाँके), २५ चैत । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालन…

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

बर्दिया २५ चैत । सपना सजाइली, योजना बनाइली, पैसा कमाइली भन्ने उद्यमशीलताको एक शक्ति…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको…

यो पनि

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

नेपालगन्ज २९ चैतः आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँक…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, २७ चैत स् नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।…

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

बर्दिया २५ चैत । सपना सजाइली, योजना बनाइली, पैसा कमाइली भन्ने उद्यमशीलताको एक शक्ति…

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज, ६ फागुनः बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय अ…