Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

नेपालगन्जको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधि गरिँदै

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधि गरिँदै
ADVERTISEMENT

नेपालगन्ज ३१ जेठ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न थालिएको छ । नगरमा विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत रुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना बनाउन लागिएको हो । 

योजना अद्यावधिकका क्रममा आज विहीबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका विषय समिति तथा शाखाका कर्मचारीहरुसंग छलफल गरिएको छ । शहरी विपद् तथा भुकम्पिय पुर्व तयारी (सुपर) परियोजनाको सहयोगमा पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिकको कार्य गर्न लागिएको हो । 

नेपालगन्ज शहरमा कुनै पनि विपद् आएको बेला तत्कालको अवस्थालाई व्यवस्थापन कसरी गर्ने, पुर्व तयारी, आवश्यक व्यवस्थापन तथा तयारीको सयन्त्रलाई चुस्त दुरुस्त राख्न योजनालाई अद्यावधिक गर्न लागिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद् तथा वातावरण समितिका संयोजक समिरप्रताप सिंहले बताउनुभयो । 

उहाँका अनुसार योजनालाई अद्यावधिक गर्न उपमहानगरले आवश्यक तयारी गरेको छ । उपमहानगरपालिका अन्र्तगत विभिन्न विषयगत समितिका पदाधिकारी र शाखाका कर्मचारीविच समुहगत रुपमा छलफल गरिएको छ । 

कार्यक्रममा नगरप्रमुख प्रशान्त विष्टले विपद् पुर्वतयारीका लागि नीतिगत रुपमै अघि बढेको भन्दै त्यसको आवश्यक तयारी तथा बजेट व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले विपद्को बेला नगरवासीको सुरक्षा, उद्धार, राहत, उपचारलगायतको व्यवस्था गर्ने र विपद् आउनुभन्दा अघि नै पुर्व तयारीबारे सचेतना अभिबृद्धि गर्ने बताउनुभयो । 

नेपाल रेडक्रस सोसाईटी बाँके शाखा अध्यक्ष गोबद्र्धनसिंह सम्झनाले विपद् जुनसुकै समयमा आउने भएकाले त्यसको पुर्वतयारी र प्रतिकार्यका लागि २४सै घण्टा सचेत रहनुपर्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा विपद् विज्ञ सुनिलसन शाक्यले योजना अद्यावधिकमा चाहिने सूचना, स्थानको पहिचान तथा पुर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक रणनितिका विषयमा सहजीकरण गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …