Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

नेपालगन्जको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधि गरिँदै

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधि गरिँदै
ADVERTISEMENT

नेपालगन्ज ३१ जेठ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गर्न थालिएको छ । नगरमा विपद् पुर्वतयारी तथा प्रतिकार्यका लागि नीतिगत रुपमा प्रभावकारी व्यवस्थापन गर्न योजना बनाउन लागिएको हो । 

योजना अद्यावधिकका क्रममा आज विहीबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका विषय समिति तथा शाखाका कर्मचारीहरुसंग छलफल गरिएको छ । शहरी विपद् तथा भुकम्पिय पुर्व तयारी (सुपर) परियोजनाको सहयोगमा पुर्व तयारी तथा प्रतिकार्य योजनाको अद्यावधिकको कार्य गर्न लागिएको हो । 

नेपालगन्ज शहरमा कुनै पनि विपद् आएको बेला तत्कालको अवस्थालाई व्यवस्थापन कसरी गर्ने, पुर्व तयारी, आवश्यक व्यवस्थापन तथा तयारीको सयन्त्रलाई चुस्त दुरुस्त राख्न योजनालाई अद्यावधिक गर्न लागिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद् तथा वातावरण समितिका संयोजक समिरप्रताप सिंहले बताउनुभयो । 

उहाँका अनुसार योजनालाई अद्यावधिक गर्न उपमहानगरले आवश्यक तयारी गरेको छ । उपमहानगरपालिका अन्र्तगत विभिन्न विषयगत समितिका पदाधिकारी र शाखाका कर्मचारीविच समुहगत रुपमा छलफल गरिएको छ । 

कार्यक्रममा नगरप्रमुख प्रशान्त विष्टले विपद् पुर्वतयारीका लागि नीतिगत रुपमै अघि बढेको भन्दै त्यसको आवश्यक तयारी तथा बजेट व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले विपद्को बेला नगरवासीको सुरक्षा, उद्धार, राहत, उपचारलगायतको व्यवस्था गर्ने र विपद् आउनुभन्दा अघि नै पुर्व तयारीबारे सचेतना अभिबृद्धि गर्ने बताउनुभयो । 

नेपाल रेडक्रस सोसाईटी बाँके शाखा अध्यक्ष गोबद्र्धनसिंह सम्झनाले विपद् जुनसुकै समयमा आउने भएकाले त्यसको पुर्वतयारी र प्रतिकार्यका लागि २४सै घण्टा सचेत रहनुपर्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा विपद् विज्ञ सुनिलसन शाक्यले योजना अद्यावधिकमा चाहिने सूचना, स्थानको पहिचान तथा पुर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक रणनितिका विषयमा सहजीकरण गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…