Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

बाँकेमा चट्टयाङ् लागेर एक महिलाको मृत्यु

डेक्स

डेक्स

बाँकेमा चट्टयाङ् लागेर एक महिलाको मृत्यु
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा घण्टेश्वरी सामुदायिक वन उपभोक्ता समूहको वनभित्र बाख्रा चराउन गएकामध्ये एक जना महिलाको चट्टयाङ् लागेर घटनास्थलमै मृत्यु भएको छ । 
चट्टयाङ् लागेर अन्य तीन जना घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य रहेको राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष शालिकराम डाँगीले जानकारी दिनुभयो । 
समूहमा बाख्रा चराउन गएकामध्ये घाँस काटन रुखमा चढेकी राप्तीसोनारी गाउँपालिका वडा नं ८ की ४० बर्षीया पुतला खत्रीको मृत्यु भएको उहाँले बताउनुभयो । चट्टयाङ् लागेर सो गाउँपालिकाका  ४२ बर्षीया देवा घर्ती र २६ बर्षीया  कलसी बुढाथोकी घाइते भएको वडाध्यक्ष डाँगीले बताउनुभयो । उहाँहरुको स्थानीय मेडीकलमा उपचार भइरहेको छ । चट्टयाङ् लागेर तीन बाख्रा समेत मरेका छन् । सबै जना सामूहिक रुपमा बाख्रा चराउन वनमा गएका थिए । 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…