Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान

डेक्स

डेक्स

सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान
ADVERTISEMENT

नेपालगन्ज ।  बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

“यो अभियान जीवनसँग जोडिएको अभियान हो, सडक दुर्घटना न्यूनीकरणका लागि सबैको चासो हुनु जरुरी छ”, उहाँले भन्नुभयो, “हामीकहाँ राजमार्गको अवस्था उस्तै छ तर सवारीसाधन भने बढेको बढ्यै छन् त्यसैले यो अभियान गर्न जरुरी छ ।” प्रहरी निरीक्षक सुवेदीले यो अभियानमा सवारी चालक, पैदलयात्रीलगायत सरोकारवाला सबैलाई नैतिक शिक्षा सिकाउनुका साथै ट्राफिक नियम पालनका लागि जागृत गराउने बताउनुभयो । 

बाँकेमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ५७  सवारी साधनको दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । यी दुर्घटनामा परी ४२ जना सख्त घाइते भएका र उनीहरूमध्ये केहीको अझै पनि उपचार भइरहेको जनाइएको छ । प्रहरी निरीक्षक सुवेदीले मादक पदार्थ सेवन, लापरबाही र तीव्रगतिको सवारीसाधनका कारण दुर्घटना बढ्दै जानका साथै अनाहकमा निर्दोषको ज्यान जाने गरेको बताउनुभयो । 

बाँकेमा गत आर्थिक वर्षमा एक सय २४ सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको र एक सय २९ जना घाइते भएका थिए । दुर्घटनामा परेर १० वटा पशुचौपाया मरेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारीझै बढिरहेकाले यसलाई रोक्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष राईले दसवर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका भन्दा बढी सडक दुर्घटनामा नेपाली नागरिकले ज्यान गुमाइरहेका छन् भन्दै देशमा प्रत्येक दिन सातदेखि आठजना र वर्षमा सडक दुर्घटनामा परेर सरदर दुई हजार आठ सय ८० जनाले ज्यान गुमाउनुका साथै प्रत्येक वर्ष १४ हजार चार सय व्यक्ति घाइते भइरहेका छन् भन्नुभयो । “सडक पूर्वाधार निर्माण सुस्त छ, नयाँ ढङ्गले काम हुनसकेको छैन”, अध्यक्ष राईले भन्नुभयो, “सडक दुर्घटनाको कारण चालकलाई देखाएर राज्य पन्छिने गरेको छ ।” 

सडकमा पूर्वाधार अभाव र मानवीय त्रुटिका कारण बढीजसो हुने दुर्घटना रोक्न सबैको दायित्व रहेको उल्लेख गदै उहाँले यातायात मजदुरलगायत राज्यका सबै निकायले आ(आफ्नो क्षेत्रबाट भएका कमीकमजोरी सच्याएर दुर्घटनाको विकराल अवस्थालाई कम गर्न हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष राईले सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बाँकेसहित देशभर सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन सुरु गरेको बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वमा यातायात व्यवसायी, मजदुरसहितको पाँच सदस्यीय सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…