Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बेतहनी उपशाखाको १८औँ सभा

सम्वाददाता

सम्वाददाता

बेतहनी उपशाखाको १८औँ सभा
ADVERTISEMENT

नेपालगन्ज २० माघ । नेपाल रेडक्रस सोसाइटी बेतहनी उपशाखाको १८औँ उपशाखा सभा सम्पन्न भएको छ । एक कार्यक्रमका विच आज सभाको उदघाटन गर्दै नेपाल रेडक्रस सोसाइटी बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले मानवता र सेवाको भावना लिएर लागेका रेडक्रकर्मीले समाजको विकासमा उल्लेख्य भुमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले रेडक्रस जस्तो सामाजिक संस्थाले विपत व्यवस्थापन र स्वास्थ्यको क्षेत्रमा विशेष सहयोग गर्दै आएको जानकारी गराउदै समुदायस्तरमा विपतबाट हुन सक्ने जोखिम न्युनीकरणमा रेडक्रसका सदस्यले जनचेतना अभिबृद्धि गराउनुपर्नेमा जोड दिनुभयो ।

कोषाध्यक्ष श्रीवास्तवले रेडक्रमको ऐतिहासिक पृष्ठभुमिको बारेमा जानकारी गराउँदै यस संस्थामा आबद्ध सदस्यले संस्थाभित्र राजनितिक गतिबिधी नगर्न आग्रह गर्नुभयो । 

सभाको उद्घाटन समारोहमा डुडुवा गाउँपालिका वार्ड नंं २ का अध्यक्ष दुर्गाप्रसाद बर्मा, अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, नेपाली काँग्रेस डुुुडुवा गाउँपालिका सभापति विजयकुमार यादव, शिक्षक राजेन्द्र सिग्देलले समाजमा रेडक्रसको भुमिका र प्रभावकारिता लगायतका बारेमा बोल्नु भएको थियो । 

उपशाखा सभापति सोहनलाल यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति मोना रोकाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य बेलबहादुर बोहराले गर्नुभएको थियो । 

त्यस अवसरमा वडा कार्यालय, विद्यालय तथा रेडक्रस युवा सर्कललाई प्रशंसा पत्र प्रदान गरिएको थियो । 

सभाको बन्द सत्रमा उपशाखाका सचिव धर्मपाल रैदासले वार्षिक प्रगति प्रतिबेदन र कार्यसमिति सदस्य बेलबहादुर बोहराले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिबेदनमाथी छलफल गर्दै सर्बसम्मत रुपमा पारित गरिएको थियो । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…