Pairabi logo

माघ १५, २०८२, बुधबार                    

सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु

सम्वाददाता

सम्वाददाता

सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु
ADVERTISEMENT

सैनामैना । आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ रुपन्देहीको सैनामैनामा बुधबारदेखि छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ । 
महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन ।
सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवले सैनामैनासंगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन । 
सैनामैना नगरपालिका ३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा सुरु भएको महोत्सवको बुधबार सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उदघाटन गर्नुभयो । महोत्सव मंसिर १७ गतेसम्म सञ्चालन हुने छ । 
महोत्सव उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना औद्योगिक ब्यापार महोत्सवले यस क्षेत्रको आर्थिक बिकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले मेला र महोत्सव सैनामैनाका गहनाका रुपमा रहेको बताउँदै आर्थिक मन्दीका बीचमा पनि मेला र महोत्सवले यस क्षेत्रमा औद्योगिक जागरण पैदा गर्ने विश्वास ब्यक्त गर्नुभयो ।    
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको अवस्था जटिल रहेको बेला सैनामैनामा सुरु भएको महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान गराउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नेपाली उपभोक्ताको क्रयशक्ति छैन, अर्थब्यवस्था चलायमान छैन र देशबाट धेरै युवाहरु विदेश पलायन भैसकेको अवस्थामा पनि मेला महोत्सव आयोजना गर्नु चुनौति रहेको उल्लेख गर्दै सवै मिलेर महोत्सव सफल बनाउनु पर्ने बताउनु भयो । 
सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रवहादुर कार्कीले पछिल्लोसमय हरेक पालिकापिच्छे आयोजना भैरहेकोले अव मेला महोत्सव औचित्य पुष्टी हुने गरि गर्नुपर्ने खाँचो औंल्याउनु भयो । 
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णु पोखरेल, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य खुसीराम चौधरी, नेकपा माओबादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जिसी, चित्रवहादुर केसी लगायत उद्योगी व्यवसायीहरुले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो । 
महोत्सव मुल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवबाट स्थानिय उपभोक्ताले स्थानिय तहमा नै सकेसम्म सस्तोमा विविध सामान खरिद विक्रीको अवसर प्राप्त गर्ने, उद्योगी व्यवसायीले आफ्ना उत्पादनको प्रवद्र्धन गर्ने अवसर पाउने बताउनु भयो । 
आयोजक सैनामैना उद्योग बाणिज्य संघका महासचिव लोकनाथ अधिकारीले महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी, स्थानीय कृषि उत्पादनको प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रदर्शनी हुने बताउनु भयो । 
त्यस्तै महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावना बारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । 
साढे दुई सय बढी स्टल रहने महोत्सवको साढे ३ लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…