Pairabi logo

असोज २१, २०८३, बुधबार                    

सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु

सम्वाददाता

सम्वाददाता

सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु
ADVERTISEMENT

सैनामैना । आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ रुपन्देहीको सैनामैनामा बुधबारदेखि छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ । 
महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन ।
सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवले सैनामैनासंगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन । 
सैनामैना नगरपालिका ३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा सुरु भएको महोत्सवको बुधबार सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उदघाटन गर्नुभयो । महोत्सव मंसिर १७ गतेसम्म सञ्चालन हुने छ । 
महोत्सव उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना औद्योगिक ब्यापार महोत्सवले यस क्षेत्रको आर्थिक बिकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले मेला र महोत्सव सैनामैनाका गहनाका रुपमा रहेको बताउँदै आर्थिक मन्दीका बीचमा पनि मेला र महोत्सवले यस क्षेत्रमा औद्योगिक जागरण पैदा गर्ने विश्वास ब्यक्त गर्नुभयो ।    
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको अवस्था जटिल रहेको बेला सैनामैनामा सुरु भएको महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान गराउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नेपाली उपभोक्ताको क्रयशक्ति छैन, अर्थब्यवस्था चलायमान छैन र देशबाट धेरै युवाहरु विदेश पलायन भैसकेको अवस्थामा पनि मेला महोत्सव आयोजना गर्नु चुनौति रहेको उल्लेख गर्दै सवै मिलेर महोत्सव सफल बनाउनु पर्ने बताउनु भयो । 
सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रवहादुर कार्कीले पछिल्लोसमय हरेक पालिकापिच्छे आयोजना भैरहेकोले अव मेला महोत्सव औचित्य पुष्टी हुने गरि गर्नुपर्ने खाँचो औंल्याउनु भयो । 
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णु पोखरेल, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य खुसीराम चौधरी, नेकपा माओबादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जिसी, चित्रवहादुर केसी लगायत उद्योगी व्यवसायीहरुले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो । 
महोत्सव मुल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवबाट स्थानिय उपभोक्ताले स्थानिय तहमा नै सकेसम्म सस्तोमा विविध सामान खरिद विक्रीको अवसर प्राप्त गर्ने, उद्योगी व्यवसायीले आफ्ना उत्पादनको प्रवद्र्धन गर्ने अवसर पाउने बताउनु भयो । 
आयोजक सैनामैना उद्योग बाणिज्य संघका महासचिव लोकनाथ अधिकारीले महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी, स्थानीय कृषि उत्पादनको प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रदर्शनी हुने बताउनु भयो । 
त्यस्तै महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावना बारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । 
साढे दुई सय बढी स्टल रहने महोत्सवको साढे ३ लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…