Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

केरा जोन समन्वय समितिको निर्वाचनको तयारी

डेक्स

डेक्स

केरा जोन समन्वय समितिको निर्वाचनको तयारी
ADVERTISEMENT

कमल राज पौडेल
 बर्दिया १३ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई बर्दियाको केरा जोन संचालन समन्वय समितिको २०८० असोज २० गते निर्वाचन हुने भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय गुलरिया बर्दियाले २०७८ भाद्र २१ गते गठन गरेको केरा जोन संचालन समन्वय समितिको समयावधि सकिएकाले समिति पुनर्गठन भेला आह्वान गरेको थियो उक्त भेलामा अध्यक्ष पदमा सहमति हुन नसके पछि निर्वाचनमा जाने निर्णय भएको केरा जोन संचालन  समन्वय समिति बर्दियाका अध्यक्ष टंकनाथ योगीले बताउनु भयो ।

परियोजना कार्यान्वयन इकाईले जोन विकास कार्यक्रम संचालनमा सहजीकरण र लाभग्राहिको अनुगमन गर्न लाभग्राहिको प्रतिनिधित्व रहने गरि परियोजना कार्यान्वयन इकाईमा जोन स्थापनाका लागि सुचिकृत भएका निश्चित क्षेत्र भित्रका संस्थाहरुको प्रतिनिधित्व हुने गरि ९ सदस्यीय जोन संचालन समन्वय समिति गठन गर्नु पर्नेहुन्छ  ।

यसरी गठन हुने समितिमा कम्तीमा ३ जना महिलाको सहभागिता हुनुपर्ने छ । सदस्य मध्ये एक जना समितिको संयोजक हुनेछ र समिति पदावधि २ बर्षे  हुनेछ । जोन संचालन निर्देशिका अनुसार आज हामीले बर्दिया जिल्ला भित्रका हाम्रो कार्यलयमा सुचिकृत हुनुभएका व्यवसायीक केरा खेती गर्ने किसानहरुको भेला बोलाएका थियौ ।  

भेलामा किसान दाजुभाइहरु बीच एक आपसमा संयोजक पदका लागि सहमति हुन सकेन र वहाँहरुले निर्वाचनमा जाने निर्णय गर्नुभएको छ र हामीले निर्वाचन प्रक्रिया अगाडि बढाईसकेका छौ भन्नुहुन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई बर्दियाका निमित्त कार्यलय प्रमुख सर्जन बहादुर शाही । किसान दाजुभाइहरु बीच एक आपसमा प्रतिस्पर्धा हुनु त राम्रो तर त्यो प्रतिस्पर्धा आफ्नो खेत बारीमा अन्न उत्पादन बढाउनुमा हुनु अझ राम्रो हो वहाँले भन्नुभयो । 

बर्दिया जिल्ला भित्र ३ सय हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गर्छ । त्यसमा सबैभन्दा अधिक गुलरिया नपा भित्र २ सय ९० हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गरेको छ । समग्र बर्दियामा हुने केरा खेतीबाट वार्षिक १० हजार ९ सय मे। टन केरा उत्पादन हुने गरेको छ ।

यसरी उत्पादन हुने केराको वार्षिक कारोबार १६ करोड हुने गरेको भेलामा  सहभागी हुने किसानहरुलाई वितरण गरिएको प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…