Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

केरा जोन समन्वय समितिको निर्वाचनको तयारी

डेक्स

डेक्स

केरा जोन समन्वय समितिको निर्वाचनको तयारी
ADVERTISEMENT

कमल राज पौडेल
 बर्दिया १३ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई बर्दियाको केरा जोन संचालन समन्वय समितिको २०८० असोज २० गते निर्वाचन हुने भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई कार्यालय गुलरिया बर्दियाले २०७८ भाद्र २१ गते गठन गरेको केरा जोन संचालन समन्वय समितिको समयावधि सकिएकाले समिति पुनर्गठन भेला आह्वान गरेको थियो उक्त भेलामा अध्यक्ष पदमा सहमति हुन नसके पछि निर्वाचनमा जाने निर्णय भएको केरा जोन संचालन  समन्वय समिति बर्दियाका अध्यक्ष टंकनाथ योगीले बताउनु भयो ।

परियोजना कार्यान्वयन इकाईले जोन विकास कार्यक्रम संचालनमा सहजीकरण र लाभग्राहिको अनुगमन गर्न लाभग्राहिको प्रतिनिधित्व रहने गरि परियोजना कार्यान्वयन इकाईमा जोन स्थापनाका लागि सुचिकृत भएका निश्चित क्षेत्र भित्रका संस्थाहरुको प्रतिनिधित्व हुने गरि ९ सदस्यीय जोन संचालन समन्वय समिति गठन गर्नु पर्नेहुन्छ  ।

यसरी गठन हुने समितिमा कम्तीमा ३ जना महिलाको सहभागिता हुनुपर्ने छ । सदस्य मध्ये एक जना समितिको संयोजक हुनेछ र समिति पदावधि २ बर्षे  हुनेछ । जोन संचालन निर्देशिका अनुसार आज हामीले बर्दिया जिल्ला भित्रका हाम्रो कार्यलयमा सुचिकृत हुनुभएका व्यवसायीक केरा खेती गर्ने किसानहरुको भेला बोलाएका थियौ ।  

भेलामा किसान दाजुभाइहरु बीच एक आपसमा संयोजक पदका लागि सहमति हुन सकेन र वहाँहरुले निर्वाचनमा जाने निर्णय गर्नुभएको छ र हामीले निर्वाचन प्रक्रिया अगाडि बढाईसकेका छौ भन्नुहुन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई बर्दियाका निमित्त कार्यलय प्रमुख सर्जन बहादुर शाही । किसान दाजुभाइहरु बीच एक आपसमा प्रतिस्पर्धा हुनु त राम्रो तर त्यो प्रतिस्पर्धा आफ्नो खेत बारीमा अन्न उत्पादन बढाउनुमा हुनु अझ राम्रो हो वहाँले भन्नुभयो । 

बर्दिया जिल्ला भित्र ३ सय हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गर्छ । त्यसमा सबैभन्दा अधिक गुलरिया नपा भित्र २ सय ९० हेक्टर क्षेत्रफल जमिनमा केरा खेती हुने गरेको छ । समग्र बर्दियामा हुने केरा खेतीबाट वार्षिक १० हजार ९ सय मे। टन केरा उत्पादन हुने गरेको छ ।

यसरी उत्पादन हुने केराको वार्षिक कारोबार १६ करोड हुने गरेको भेलामा  सहभागी हुने किसानहरुलाई वितरण गरिएको प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…