Pairabi logo

असोज २८, २०८१, सोमबार                    

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन सवस्टेशनको शिलन्यास

डेक्स

डेक्स

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन सवस्टेशनको शिलन्यास
ADVERTISEMENT

नेपालगञ्ज  । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बाँकेमा गुणस्तरिय विद्युत प्रशारणका लागि कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२र३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको बुधबार शिलान्यास गरेका छन् ।

बाँकेको जानकी गाउँपालिका वडा नं। ५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२र३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको हो ।

मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य अनुरुप नै कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२÷३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको बताए ।

मन्त्री बस्नेतले समयमै काम सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताउदै यो निर्माणले बाँके लगायत नेपालगञ्जसमेतको महत्व बढाउने आफुले विश्वास लिएको कुरामा जोड दिए । उनले सिचाईको क्षेत्रमा पनि विद्युत सव स्टेशन निर्माणले ठूलो टेवा पुग्ने कुरामा जोड दिए ।


कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइनका आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को–१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको आयोजना सम्पन्न हुँदा नेपालगञ्ज र आसपासको विद्युतको समस्या समाधान हुने जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु रत्न खत्री र बादशाह कुर्मी, जानकी गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष टीकाराम यादवलगायतले समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।

प्रशारण लाइन तथा सबस्टेशनका लागि चार विगाह ७ कठ्ठा ८ धुर जग्गा लिइएको छ । दुई वर्षमा सम्पन्न गरेर दुई सय मेघावाट क्षमताको प्रशारण लाइन, सबस्टेशन १३२र३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ ।

  

ताजा

सबै

गुल्जार ए अदबमा गजल बाचन

नेपालगन्ज २८ असोज । नेपालगञ्जस्थित गुल्जारए अदबको नियमित मासिक गजल गोष्ठी उर्दू गरिएक…

बाँकेमा रु दुई करोडको मुर्ति स्थापना

नेपालगन्ज, २७ असोज :यस वर्ष दसैँको अवसरमा बाँके जिल्लाका विभिन्न स्थानमा करिब रु दुई…

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

नेपालगन्ज, २७ असोज :विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्…

दशहरा मेलामा रावण बध

नेपालगन्ज, २६ असोज :नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भ…

लोकप्रिय

सबै

दशहरा मेलामा आज रावण बध गरिदै

नेपालगन्ज, २६ असोज :नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

दुर्गा भवानीको प्रतिमा विर्सजन गरि नदीमा सेलाइदै

नेपालगन्ज, २७ असोज :विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्…

तरकारी बेच्दै थारु महिला

नेपालगन्ज, २५ असोजः दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्र…

लोप हुँदै परम्परागत जाँतो

नेपालगन्ज, असोज २५ गते । गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्नका लागि प्रयोग हुन…

यो पनि

तरकारी बेच्दै थारु महिला

तरकारी बेच्दै थारु महिला

नेपालगन्ज, २५ असोजः दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्र…

भन्सार बेरियर खुल्ने समय बढ्यो

भन्सार बेरियर खुल्ने समय बढ्यो

नेपालगन्ज, २३ असोज :नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय ब…

छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार

छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार

नेपालगन्ज, ११ असोज । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीम…

होटल व्यवसायमा लगानी थपिँदै

होटल व्यवसायमा लगानी थपिँदै

नेपालगन्ज ४ असोज स् बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा…