Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

नेपालगन्ज बजारको अनुगमन, डेरी पसललाई कारवाही

डेक्स

डेक्स

नेपालगन्ज बजारको अनुगमन, डेरी पसललाई कारवाही
ADVERTISEMENT

नेपालगन्ज बजारको अनुगमन थालिएको छ । सम्वन्धित सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले बजारका किराना, मिष्ठान र फलफुल पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद नाघेको सामाग्री, फोहोर, तथा मापदण्ड विपरित पसल नै दर्ता नगरी संचालनमा रहेपछि कारवाही समेत गरिएको छ । अनुगमन समितिले तीन वटा किराना पसल, दुध डेरी एक वटा, फलफुल पसल एक वटा, होटेल एक वटाको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा डेरी उद्योगलाई रु पाँच हजार जरिवाना गरिएको छ, भने किराना पसलमा म्याद नाघेका करिब ७ हजार बराबरको जङ्ग फुडलगायतका सामाग्री नष्ट गरिएको उपभोक्ता मञ्च नेपाल बाँकेका अध्यक्ष सुदिप भट्टराईले बताउनुभयो । उहाँका अनुसार दुई दिनदेखि बजार अनुगमनमा तिब्रता दिइएको छ ।

मानवियताको दृष्टिकोणले अनुगमन कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सबैको सहभागिता हनुपर्ने अध्यक्ष भट्टराईले जोड दिनुभयो । 

बजारका अधिकास पसलहरुमा म्याद नाघेका सामाग्री तथा मिष्ठान पसलहरुमा सढेको मिठाई, ढुसी लागेको सामाग्री समेत विक्री वितरण गर्ने गरिएको पाइएको नेपाली उपभोक्ता महासंघ बाँके अध्यक्ष अभियन्ता डा विनोद कर्णले बताउनुभयो । उहाँका अनुसार बजारमा गुणस्तरहिन सामाग्रीको भएकाले उपभोक्ता आफै सचेत हुन जरुरी देखिन्छ । 

अनुगमन टोलीमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख विष्णुप्रसाद धिताल, नासु डम्बर बहादुर बुढा, खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका रामहरी लामिछाने, नेपालगन्ज उपमहानगरपालिकाबाट अमर चिडीमार, नेपाली उपभोक्ता महासंघ बाँके अध्यक्ष डा कर्ण, सचिव चन्द्रशेखर थापा, सदस्य साहिल अन्सारी, उपभोक्ता मञ्च नेपाल बाँकेका अध्यक्ष भट्टराई, सहसचिव तुलसी बर्नवाललगायतको सहभागिता रहेको थियो । 
 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…