Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

मधेसी र मुश्लिम महिला स्वास्थ्य जाँच गराउदै

डेक्स

डेक्स

मधेसी र मुश्लिम महिला स्वास्थ्य जाँच गराउदै
ADVERTISEMENT

नेपालगञ्ज ९ असोज . बाँकेमा रहेका मधेसी र मुश्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन । 
नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरुले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरु बताउनुहुन्छ । 
‘पहिले मधेसी र मुश्लिम समुदायका महिला स्वास्थ्य जाँच गर्न लाजले मान्दैनथे तर अहिले विस्तारै आफ्नो समस्या भन्न थालेका छन’ अभियन्ता तथा फातिमा फाण्डेसन, बाँकेकी अध्यक्ष मैमुना सिद्धिकीले भन्नुभयो । 
उहाँले महिलामा देखिने स्वास्थ्य समस्या टालटुल गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै चरम लापरवाहिका कारण समस्या जटिल हुँदै गएको बताउनुभयो । 
अध्यक्ष सिद्धिकीले बालविवाह र धेरै बच्चा पाउने समस्या देखिएकाले मधेसी र मुश्लिम महिला स्वास्थ्य समस्याबाट पीडित भएको जानकारी दिदै २० देखि ४० बर्षका महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको उल्लेख गर्नुभयो ।  
‘महिलाहरु आर्थिक रुपमा सशक्त छैनन र अस्पताल जान पनि लाज मान्छन त्यसैले हामीले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका थियौ’ उहाँले भन्नुभयो  । 
फातिमा फाण्डेसन नेपालको सहयोग र  टेवा नेपाल काठमाणडौंको आयोजनामा जिल्लाको जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगर नगरपालिकाको मधेसी तथा मुश्लिम बाहुल्य क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो । सो शिविरमा परीक्षण गराएकामध्ये १४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको छ । उक्त शिविर नेपालगञ्जको १४ नं वडामा पनि सञ्चालन गर्ने तयारी भएको छ । 
अध्यक्ष सिद्धिकीले घरेलु महिला सबैभन्दा स्वास्थ्य समस्याबाट ग्रसित भएको भन्दै उनीहरुको उपचार प्राथमिकताको विषय हुनुपर्नेमा जोड दिनुभयो । 
 

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

नेपालगन्ज, २९ कात्तिकः बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घर…

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कात्तिकः सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार …

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २१ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…