Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेको बालसुधार गृहमा झडपः एकको मृत्यु, दश घाइते

डेक्स

डेक्स

बाँकेको बालसुधार गृहमा झडपः एकको मृत्यु, दश घाइते
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा अन्य १० जना घाइते भएका छन । उनीहरुमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । 
बालसुधार गृहमा रहेका दुई पक्षबीच विवाद भएर हानाहान हुँदा रुपन्देहीका २१ बर्षीय सुलभ केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । झडपमा गम्भिर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचार हुँदाहुँदै राती मृत्यु भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । भेरी अस्पतालले गम्भिर घाइते भएका केसीको सिटी स्क्यान गर्न नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो  । उनी जर्बजस्ती करणी मुद्दामा थुनामा थिए । 
बालसुधार गृहमा तोडफोड र आगजनी समेत भएको छ । सुधारगृहलाई उनीहरुले नियन्त्रणमा लिएको बताइएको छ । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ । यस अघि पनि सो सुधारगृहमा आगजनी र तोडफोड भएको थियो । सुधारगृहमा २५४ जना थुनुवा छन । त्यहाबाट केही भागेको पनि बताइएको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…