Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

धान खेतीमा विभिन्न रोगको सङ्क्रमण

डेक्स

डेक्स

धान खेतीमा विभिन्न रोगको सङ्क्रमण
ADVERTISEMENT

बाँके र बर्दियामा लगाइएको धान खेतीमा विभिन्न रोगको सङ्क्रमण देखिएको छ । बाँकेको डुडुवा गाउँपालिका कम्दीमा लगाइएको धान खेतीमा पात बेरुवा रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले जानकारी दिनुभयो ।

उहाँले धानको पातमा बेरुवाको सङ्क्रमण भएपछि लार्भामार्फत धानको पात बेरेर क्षति पु¥याउने उल्लेख गर्नुभयो । यसलाई समयमा नै नियन्त्रण नगरे थप क्षति हुने यादवले बताउनुभयो । बाँकेका अधिकांश ठाउँमा देखिएको गबारो सङ्क्रमण भने पछिल्लो समय नियन्त्रणमा आएको जानकारी दिँदै उहाँले बैजानाथ सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो ।

“यो पानी आएपछि नियन्त्रणमा आउँछ, त्यसैले अहिले गबारोको गम्भीर समस्या देखिँदैन”, उहाँले भन्नुभयो, “डुडुवा गाउँपालिका कम्दीमा भने बेरुवा रोगको सङ्क्रमण देखिएको छ ।” यादवका अनुसार यसअघि नेपालगञ्ज उपमहानगर आसपास, डुडुवा लगायतका क्षेत्रमा गबारोको समस्या देखिएको थियो ।

जिल्लास्थित बाली संरक्षण प्रगोगशाला खजुराका प्रमुख उमाशङ्कर पौडेलले बर्दियाको धान खेतीमा खैरे थोप्लो र सेतो झिँगा रोगको समस्या देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र बासगढीमा खैरे थोप्लो र सेतो झिँगाको समस्या देखिएको हो ।

प्रमुख पौडेलले रोग र किराको समस्या देखिएको स्थानमा रोग नियन्त्रणका उपायबारे किसानलाई जानकारी दिइएको बताउनुभयो । उहाँले बाँकेको बैजनाथमा देखिएको गबारोको समस्या समाधान गर्न विषादीको सिफारिस गरेपछि त्यसको सङ्क्रमण नियन्त्रणमा आएको बताउनुभयो ।

“धानमा गबारोको समस्या नियमित रुपमा देखिने समस्या हो, तापक्रमको घटबढले देखिन्छ”, पौडेलले भन्नुभयो । उहाँका अनुसार पछिल्लो समय वर्षा भएकाले धान खेतीबाट किसानले लाभ लिने देखिएको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…