Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

लेखनवृत्ति प्रतियोगिताका उत्कृष्ट महिला पत्रकार पुरस्कृत

डेक्स

डेक्स

लेखनवृत्ति प्रतियोगिताका उत्कृष्ट महिला पत्रकार पुरस्कृत
ADVERTISEMENT

नेपाल प्रेस युनियन बाँके शाखाले तीज महोत्सव तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको छ । तीज पर्वलाई मौलिकतासँगै जोड्दै शाखाले पहिलो पटक महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको हो ।

प्रेस युनियन बाँके शाखाका उपाध्यक्ष नीशा शाहको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य आशा विकको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन मासिक पत्रिकाको समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि विक, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीसहितका अथितिहरुले पत्रिकाको संयुक्तरुपमा विमोचन गर्नुभएको हो । 

युनियनको आफ्नो पहिलो अंक तीज विशेष बनाएर प्रकाशन गरेको छ । प्रत्येक महिना अवदेखि युनियनले आफ्नै मासिक पत्रिका प्रकाशन गर्ने सम्पादन मण्डलका सदस्य समेत रहनु भएका युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।

आजको तीज महोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य विकले शाखाले तीज पर्वलाई मौलिकतासँगै महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर महिला पत्रकारहरुलाई पत्रकारिता तर्फ प्रेरित गरेको बताउनुभयो । लेखनसीपको विकास गर्दै महिला पत्रकारलाई व्यवसायिकतासँग जोड्न सकियो भने पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति बलियो बनाउन सकिने उहाँको भनाइ छ । 

प्रतिनिधिसभा सदस्य विकले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कमी नहुने बताउनुभयो । ‘प्रेस युनियनले प्रारम्भ गरेको अभियान सकारात्मक छ उहाँले भन्नुभयो–‘प्रतिनिधिसभा सदस्यको हैसियतले मैले गर्नुपर्ने सहयोगमा कुनै कमी हुँदैन । यसलाई निरन्तरता दिने काम होस् ।

संस्थागत सहयोगका लागि म सधै प्रेस युनियनको साथमा छु ।’ यस्तै लुम्विनी प्रदेशसभा सदस्य सञ्जु थारुले प्रेस युनियन बाँके शाखाले महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर नयाँ सन्देश प्रवाह गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले महिला पत्रकारलाई दक्षता अभिवृद्धि गर्ने र उनीहरुलाई पत्रकारितामा टिकाइ राख्नका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कम नहुने बताउनुभयो ।

यस्तै अर्का प्रदेश सभा सदस्य माया पुनले प्रेस युनियनले गर्ने संस्थागत सहकार्यका लागि आफु सधैव तयार रहेको बताउनुभयो यस्तै अर्का प्रतिनिधि सभा सदस्य सुशिला नेपालीले प्रेस युनियनले सबैको आवाजलाई समेट्न सकोस् भन्ने सुभकामना व्यक्त गर्नुभयो ।

राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले प्रेस युनियनसँग स्थानीय सरकारले सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै त्यसका लागि आफु सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेश सभाका सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव नवीन गिरी, पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य अञ्जु न्यौपाने लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

नेपाल प्रेस युनियन बाँकेका शाखाका अध्यक्ष प्रियास्मृति ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शाखाका सहसचिव माया अधिकारीले गर्नुभएको थियो । लेखनवृत्ति प्रतियोगितामा रजनी योगी प्रथम, सरला सुवेदी द्धितिय, सावित्री विश्वकर्मा तृतिय र शिवानी विक सान्त्वना हुनुभएको थियो ।

प्रथम हुने योगिले रु ५ हजारसहित प्रमाणपत्र, द्धितिय हुने सुवेदीले रु ३ हजारसहित प्रमाणपत्र, तृतिय हुने विश्वकर्माले रु २ हजारसहित प्रमाणपत्र र सान्त्वना हुने विकले रु १ हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छनौट समितिका संयोजक उमा थापा मगरले जानकारी दिनुभयो । 
 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…