Pairabi logo

कात्तिक १७, २०८३, सोमबार                    

ठाकुरबाबामा रोजगार मेला संचालन गरिने

डेक्स

डेक्स

ठाकुरबाबामा रोजगार मेला संचालन गरिने
ADVERTISEMENT

बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला संचालन गरिने भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीका लागि ठाकुरबाबा नगरपालिकाका उप—प्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख सुर्यबहादुर विष्टको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

वेरोजगार युवाहरुलाई सीप, सेवा र रोजगारीमा पहँच पुरयाउने उदेश्यले रोजगार मेला संचालन गर्न लागिएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी, महिला विकास अधिकृत गोगनसरा आचार्य, वडा अध्यक्षहरु, क्यान, नगरस्तरीय सहकारी सञ्जाल, प्रर्याप्रयटन विकास मञ्च, होटेल संघ नेपाल, निर्माण व्यवसायी संघ, विद्यालय, नगर स्तरिय कृषि सञ्जाल, होमस्टे व्यवसायी, होटेल व्यवसायी, रेडियो टाईगर र गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिाता रहेको थियो ।

कायर्यक्रममा ठाकुरबाबाका रोजगार सेवा केन्द्रका संयोजक रबिन्द्र अर्यालले स्वागत मन्तब्य र रोजगार रणनितीको बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा होटेल संघ नेपालका तर्फबाट मोहन चौधरीले स्थानीय सम्भाब्यताका बारेमा अध्यन गर्ने तथा युवाहरुलाई रोजगारीको प्रस्थान विन्दुसम्म पुराउनु पर्ने बताउनुभयो । 

प्रर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले स्थानीय आवश्यकता, जनशक्तिको पहिचान गरिनु पर्ने बताउनुभयो । यसैगरी होटल व्यवसायी रेशम थापाले होटेल संचालनको लागि जनशक्तिको अभाव रहेको जनाउनुभयो । 

त्यसैगरी रेडियो टाइगरका प्रतिनिधि भाबुक योगीले सीप तालिम लिएका युवाहरुको पालिकाबाट सुचिकरण गरी रेकर्ड व्यवस्थापन गरिनु पर्नेमा जोड दिनुभयो । छलफलमा क्यानका प्रतिनिधि गोपाल निरौला, कृषि सञ्जालकी शान्ता भण्डारी लगायतले पनि सुझावहरु दिनु भएको थियो । 

जिल्ला समन्वय प्रमुख सुर्य बहादुर विष्टले गरिवी अन्त्यका लागि स्थानीय सरकारले आयआर्जन कार्यलाई एक अभियानको रुपमा संचालन गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष एवं नगर उपप्रमुख विनाकुमारी भट्टरार्ईले युवाहरुको आवश्यकता र रुचीअनुसार प्राविधिक अवसरहरु प्रदान गरी रोजगारी अभिबृद्धि गर्ने तथा दक्ष जनशक्तिको पहिचानका लागि सुचिकृत गर्ने कार्य अगाडी बढेको बताउनुभयो ।

युवाहरुलाई रोजगारदाताहरुसंग जोडनकालागि रोजगार मेला संचालन गर्न लागिएको जनाईएको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…