Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

ठाकुरबाबामा रोजगार मेला संचालन गरिने

डेक्स

डेक्स

ठाकुरबाबामा रोजगार मेला संचालन गरिने
ADVERTISEMENT

बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला संचालन गरिने भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीका लागि ठाकुरबाबा नगरपालिकाका उप—प्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख सुर्यबहादुर विष्टको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।

वेरोजगार युवाहरुलाई सीप, सेवा र रोजगारीमा पहँच पुरयाउने उदेश्यले रोजगार मेला संचालन गर्न लागिएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी, महिला विकास अधिकृत गोगनसरा आचार्य, वडा अध्यक्षहरु, क्यान, नगरस्तरीय सहकारी सञ्जाल, प्रर्याप्रयटन विकास मञ्च, होटेल संघ नेपाल, निर्माण व्यवसायी संघ, विद्यालय, नगर स्तरिय कृषि सञ्जाल, होमस्टे व्यवसायी, होटेल व्यवसायी, रेडियो टाईगर र गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिाता रहेको थियो ।

कायर्यक्रममा ठाकुरबाबाका रोजगार सेवा केन्द्रका संयोजक रबिन्द्र अर्यालले स्वागत मन्तब्य र रोजगार रणनितीको बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा होटेल संघ नेपालका तर्फबाट मोहन चौधरीले स्थानीय सम्भाब्यताका बारेमा अध्यन गर्ने तथा युवाहरुलाई रोजगारीको प्रस्थान विन्दुसम्म पुराउनु पर्ने बताउनुभयो । 

प्रर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले स्थानीय आवश्यकता, जनशक्तिको पहिचान गरिनु पर्ने बताउनुभयो । यसैगरी होटल व्यवसायी रेशम थापाले होटेल संचालनको लागि जनशक्तिको अभाव रहेको जनाउनुभयो । 

त्यसैगरी रेडियो टाइगरका प्रतिनिधि भाबुक योगीले सीप तालिम लिएका युवाहरुको पालिकाबाट सुचिकरण गरी रेकर्ड व्यवस्थापन गरिनु पर्नेमा जोड दिनुभयो । छलफलमा क्यानका प्रतिनिधि गोपाल निरौला, कृषि सञ्जालकी शान्ता भण्डारी लगायतले पनि सुझावहरु दिनु भएको थियो । 

जिल्ला समन्वय प्रमुख सुर्य बहादुर विष्टले गरिवी अन्त्यका लागि स्थानीय सरकारले आयआर्जन कार्यलाई एक अभियानको रुपमा संचालन गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष एवं नगर उपप्रमुख विनाकुमारी भट्टरार्ईले युवाहरुको आवश्यकता र रुचीअनुसार प्राविधिक अवसरहरु प्रदान गरी रोजगारी अभिबृद्धि गर्ने तथा दक्ष जनशक्तिको पहिचानका लागि सुचिकृत गर्ने कार्य अगाडी बढेको बताउनुभयो ।

युवाहरुलाई रोजगारदाताहरुसंग जोडनकालागि रोजगार मेला संचालन गर्न लागिएको जनाईएको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …