Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

डुडुवामा अनलाइनमार्फत राजश्व संकलन शुरु

डेक्स

डेक्स

डुडुवामा अनलाइनमार्फत राजश्व संकलन शुरु
ADVERTISEMENT

डुडुवा गाउँपालिकाले राजश्व अनलाइन प्रर्णाली सेवा शुरु गरेको छ । नेपाल सरकारको अधिकारिक पोर्टल अनुसार संचित कोष व्यवस्थापन प्रर्णाली लागु गरेको हो ।

यो सेवा शुरु भएपछि अब गाउँपालिकाका सबै राजश्व अनलाइनमार्फत संकलन हुने गाउँपालिका लेखापाल नारायण प्रसाद सापकोटाले बताउनुभयो । लेखापाल सापकोटका अनुसार गाउँपालिका अन्र्तगत सिफारिस, दस्तुर र सबै राजश्व संकलनको कार्य अब अनलाइनमार्फत गरिनेछ । यो सेवा शुरु भएपछि आर्थिक कारोबार सरकारी अन्र्तगत सम्वन्धित सबै निकायले प्रत्यक्ष रुपमा हेर्न सक्ने छन । 

बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये यो सेवा शुरु गरेको डुडुवा दोस्रो रहेको छ । पहिलो खजुरा र दोस्रोमा डुडुवाले यो सेवा संचालनमा ल्याएको हो । अरु स्थानीय तहले निजी सफट्वे्यरमार्फत रसिद काटदै आएका छन । यो प्रर्णाली लागु भएपछि अब राजश्वको रकम दुरुपयोग, रकम जम्मा गर्न ढिलाई, दाहोरो विलिङ्गको समस्या अन्त्य हुने विश्वास लिइएको छ । 

पालिकाको राजश्व संकलनको कार्यलाई चुस्त दुरस्त र आर्थिक पारदर्शितामा यो सेवाले प्रभावकारी कार्य गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले यो सेवाले सेवाग्राहीलाई सहजतासंगै छिटो छरितो र गुणस्तरिय सेवा प्रदान गर्ने बताउनुभयो । 

यो प्रर्णालीमार्फत संकलित राजश्व तत्काल बैंक खातामा जम्मा हुनेछ । पालिकाका ६ वटै वडाका वडसचिव लगायतका कर्मचारीलाई सेवा संचालन गर्ने बारेमा दुई दिने तालिम समेत प्रदान गरिएको थियो ।

गाउँपालिकाको ६ वटा वडा र गाउँपालिका कार्यालयमा आज विहीबारदेखि अनलाइन सेवाको शुरुवात गरिएको छ । 


 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…