Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

वेपत्ता दिवसमा रक्तदान र अन्तरक्रिया

डेक्स

डेक्स

वेपत्ता दिवसमा रक्तदान र अन्तरक्रिया
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा 
नेपालगंज १६ भाद्र। बलपूर्वक बेपता परिएका व्यक्तिहरुको १३औं अन्तराष्ट्रिय दिवसको सन्दर्भमा “हाम्रो आफन्ताहरु खोइ सरकार रु” भन्ने विषयमा केन्द्रीत रही अन्तरक्रिया र रक्तदान कार्यक्रमको आयोजना गरि साप्ताहिक रुपमा दिवस मनाइएको छ । 
बेपता परिवारका व्यक्तिहरुले संघ, प्रदेश र स्थानीय सरकारले द्वन्द्वपीडितको कुरा नसुनेको गुनासो गरेका छन् । शान्ति सम्झौता भएको १७ वर्ष भयो तर द्वन्द्वपीडितको समस्या समाधान भएन, आगामी दिनमा राज्यले वेपता परिवारको माँग सम्बोधन गर्न आग्रह गरो थिए । 

न्याय लागि द्वन्द्वपीडित समाज बाँके, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपाल रेडक्रस सोसाइटी बाँकेलगायत संस्थाहरुको संयुक्त आयोजनामा बेपता व्यक्तिहरुको सम्झनामा रक्तदान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले द्वन्द्वपीडित परिवारले सरकारको मुख ताक्नु भन्दा आफैले आयआर्जन गरेर जीवनयापन तर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।

द्वन्द्वपीडित परिवारहरुले द्वन्द्वपीडितको पहिचान हुनेगरी सरकारले परिचय पत्रको व्यवस्था, स्वास्थ्य उपचार, शिक्षा, सीप र रोजगारको व्यवस्था गर्न माँग गरेका थिए । 

बेपता परिवारतर्फबाट जेष्ठ नागरिक ढुन्नी थरुनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका नारायण बस्नेत, जिल्ला समन्वय समितिका जगदीश बाल्मीकी, वडाप्रहरी कार्यालयका अम्मर रावत, न्यायका लागि द्वन्द्वपीडित राष्ट्रिय महिला संजालकी उषा दहाल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, न्याय लागि द्वन्द्वपीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेती लगायतले द्वन्द्वपीडितले राखेको कुरालाई सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमा द्वन्द्वपीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …