Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

अशक्तको सहाराका लागि ट्राईसाईकल

डेक्स

डेक्स

अशक्तको सहाराका लागि ट्राईसाईकल
ADVERTISEMENT

नेपालगन्ज, भदौ १० । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई हिडडुल तथा आय आर्जन गर्नका लागि सहाराको रुपमा ट्राई साइकिल वितरण गरिएको छ । नेपालगन्जमा ट्राईसाईकल (तीन पांग्रे हाते साईकल) वितरण गरेको हो । 

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो । 

सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राईसाईकल बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो । 

कार्यक्रममा पुर्ब संघिय मन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई सो हाते साईकल हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा बोल्दै पुर्बमन्त्री राईले यो सहयोग अतिनै महत्वपुर्ण रहेको उल्लेख गर्दै यस्तो सहयोगले अपाङ्गता भएका ब्यक्तिहरुको दिनचर्यालाई सहज बनाउनुका साथै यसको प्रयोगले आत्मबल समेत बढाउने बताउनुभयो । उहाँले आफुजस्ता राजनिती गर्नेहरुको ध्यान नपुगेको हेर्दा सानो देखिने यस्ता सहयोगहरु अपाङ्गता भएकाहरुको जीवनका लागि निकै अर्थपुर्ण रहेको भन्दै यो एउटा ठुलो परोपकारी कार्य भएको बताउनुभयो । 

पुर्वमन्त्री राईले युनेस्को बाँकेले लामो समयदेखि पिछिडिएका र विपन्न वर्गका लागि धेरै राम्रा कामहरु गर्दै आएकोमा संस्थामा आवद्ध सबैप्रति आभार समेत व्यक्त गर्नुभयो । 

परियोजनाकी संयोजक बिनिता आरसीले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका अपाङ्गता तथा फरक क्षमता भएका महिला पुरुषको छनोट गरेर ट्राईसाईकल सहयोग गरिएको जानकारी दिनुभयो ।

क्लबका संरक्षण अधिकृत गुलाम गौसले संचालन गर्नु भएको वितरण कार्यक्रममा क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, कार्यक्रम अधिकृत नदिम शाह, सल्लाहकारहरु सिराज खान, नरेन्द्र थापा र राकेशकुमार मिश्रलगायतको उपस्थिती रहेको थियो ।
 
ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…