Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

तुलसी जयन्ती तथा अवधी महोत्सव

डेक्स

डेक्स

तुलसी जयन्ती तथा अवधी महोत्सव
ADVERTISEMENT

पवन जायसवाल । 
नेपालगन्ज । नेपालगन्जमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२६औं तुलसीदास जयन्ती तथा २४ औं अवधी दिवसको रुपमा अवधी महोत्सव –२०८० मा २८ जना समाजसेवी, साहित्यकारहरुलाई बुद्धवार सम्मान गरिएको छ । 

अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा समितिका अध्यक्ष बिष्णुलाल कुमालकोअध्यक्षतामा सम्मान अर्पण एवं बिचार गोष्ठी तथा बहुभाषिक काव्य गोष्ठी सम्पन्न भएको थियो ।

नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा प्रमुख अतिथि तथा नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनौडियाले सन्त शिरोमणि तुलसीदास जी महाराजको तस्वीरमा माल्यार्पण र दीप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गुर्नभएको थियो । सो कार्यक्रममा नेपाल र भारतका गरी २८ जना साहित्यकारलाई सम्मान गरिएको थियो ।

अवधी साँस्कृतिक प्रतिष्ठानका महासचिव बीरेन्द्र यादव र लेखक तथा साहित्यकार आनन्द गिरी मायालुद्वारा सञ्चालित कार्यक्रममा भारत भिवानी हरियाणका डा. मनोज भारत र बिसंवाँ सीतापुरका सन्दीप मिश्र सरसलाई तुलसी साहित्य शिरोमणी सम्मान, रायबरेलीका इन्द्र बहादुर सिंह “इन्द्रेश”लाई अवधी साहित्य शिरोमणी सम्मान, भारत रायबरेलीका डा. बिद्या सागर मिश्र “सागर”, सीतापुरका अशोक मिश्र, सिधौली सीतापुर देवेन्द्र कश्यप “नीडर”, बहराइचका पी.के. प्रचण्ड, बहराईचका रंजीत यादव, तिलकराम अजनवी, देशराज सिंहलाई तुलसी गौरव सम्मान, रायबरेलीका शिव बहादुर सिंह “दिलवर”, सुल्तानपुर इन्द्रजीत सिंह “अर्चक”, दशौधी रायबरेलीका शिव कुमार सिंह “शिव”, अवधी गौरव सम्मान, भारत आयोध्या धाम वजीरगंजका चन्द्रगत भारती, रामानन्द सागर, बहराईचका प्रदीप बहराइची, बहराईच मिंहीपुर्वा भज्जापुर्वाका मिथिलेश कुमार जायसवाल, बहराइच गौरा पिपराका लक्षमण देशप्रेमी, बहराइचका सोमेश सावन, अजीत कुमार मार्य, शिवपुराका राकेश आर्या, नेपालगन्ज जमुनहाका मधई सिंह सिख सरदार,कृष्णा देवी पाण्डेय, साहित्यकार शिव प्रसाद पाठक, आनन्द गिरी मायालु, शिव प्रसाद बिश्वकर्मा, बिद्या प्रसाद ठाकुरलाई तुलसी प्रतिभा सम्मानबाट सम्मानित गरिएको थियो ।

समाजसेवी जयकेश सिंहलाई गत वर्ष सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा बिशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बिशिष्ट अतिथि भारत भिवानी हरियाणका साहित्यकार कमला देवी, बिशिष्ट अतिथि डा. जर्नादन शर्मा आचार्य, शिक्षाबिद् किरण आचार्य, कृष्ण देवी पाण्डेय, साहिदा शाह वाहिदी लगायत नेपाल र भारतका सम्मानित व्यक्तित्वहरुले शुभकामना मन्तव्य गर्दै आ–आफना रचना वाचन गरेका थिए । 

कार्यक्रममा अवधी लोक गायिका सुशीला बैश्यले गणेश बन्दना, सरस्वती बन्दना, कजरी गीत प्रस्तुत गर्नुभएको थियो । यसरी कार्यक्रममा नेपाल पे्रस युनियन बाँकेका सचिव भिष्म लोध, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव, सोनाली गुप्ता, भेरी एफ.एम. नेपालगन्जका पत्रकार नन्दलाल साहू, नेपाल टेलिभिजन कोहलपुरका राम चन्दर लोहार, सुरजलाल बैश्य, घनश्याम गुप्ता, सतिश पाठक, सन्तोषी सिंह, सोम गुरुङ्ग, सुनिता यादव, दीपा प्रजापति, आशाीष प्रजापति, राजकुमार बर्नवाल लगायत ७६ जना अवधी पे्रमी, बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल र भारत गरी २८ जना अवधी पे्रमी, समाजसेवी, साहित्यकारहरुलाई आयोजक संस्था अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिले गम्छा सहित सम्मान–पत्रद्वारा सम्मान गरेको थियो । 
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …