Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

कोहलपुर र बैजनाथका पशुपालक कृषकलाई सुत्केरी भत्ता

डेक्स

डेक्स

कोहलपुर र बैजनाथका पशुपालक कृषकलाई सुत्केरी भत्ता
ADVERTISEMENT

नेपालगन्ज । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन । 
जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन । बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिमा रु. ३००० र कोहलपुर नगरपालिकामा रु. २००० सुत्केरी भत्ता प्रदान गरिने ती स्थानीय तहका पशु विकास शाखाले जनाएका छन । 
‘यो कृषकले असाध्यै मन पराएको कार्यक्रम हो, त्यसैले झनपछि झन यसमा आर्कषण बढ्दै गएको छ’ कोहलपुर नगरपालिकाका पशु सेवा शाखाका अधिकृत गोविन्द बहादुर रोकायले भन्नुभयो । 
उहाँले पशु चौपाया सुत्केरी भएपछि पोषण आवश्यक हुने भएकाले उनीहरुलाई पोषणको अभाव हुन नदिन सो कार्यक्रम सुरु हुन लागेको जानकारी दिनुभयो । 
रोकाय भन्नुहुन्छ‘ व्यवसायिक पशु पालन गर्नुभएका कृषकले बढीमा रु. ५० हजारसम्म र साना कृषकले रु. २ हजारदेखि रु.१० हजारसम्म लैजानु भएको छ ।’ नगरपालिकाको १५ वडामध्ये सबैभन्दा बढी १३ नं वडामा गाई र भैसीको सुत्केरी भत्ता लैजाने कृषक धेरै हुनुहुन्छ । पशु सेवा शाखाको बार्षिक कार्यक्रम अनुसार पशुको लगत लिन नगरपालिकाले सूचना समेत जारी गरेको छ । कोहलपुर नगरपालिकामा वि.स २०७५ सालदेखि सो कार्यक्रम सुरु भएको बताइएको छ । 
अधिकृत रोकायले गत बर्ष ५३४ पशु चौपायाका लागि रु. १० लाख ६ हजार ८०० गाई, भैसीको सुत्केरी भत्तामा खर्च भएको जानकारी दिदै यस बर्ष ४०० गाई, भैसीका लागि रु. ८ लाख सुत्केरी भत्ता प्रदान गरिने तयारी भएको बताउनुभयो । 
‘गत बर्ष भन्दा यस बर्ष बढी नै हुन्छ, बजेट रकमान्तर गरेर भएपनि कृषकलाई पशु, चौपायाको सुत्केरी भत्ता दिन्छौ’ उहाँले भन्नुभयो । 
जिल्लाको बैजनाथ गाउँपालिकाले पशु, चौपायाको सुत्केरी भत्ताका लागि गत बर्ष रु. २४  लाख २१ हजार वितरण गरेको जनाएको छ । सो पालिकामा ८०७ गाई, भैसीको लागि सो रकम खर्च भएको हो । 
आर्थिक बर्ष २०७८।०७९ मा बैजनाथ गाउँपालिकाले ४१२ गाई, भैसीका लागि रु. १२ लाख ३६ हजार पशु पालक कृषकलाई सुत्केरी भत्ताको रुपमा वितरण गरेको गाउँपालिकाका पशु विकास अधिकृत खडग बहादुर सिंहले जानकारी दिनुभयो ।
‘यस बर्षका लागि छलफल चलिरहेको छ, तर टुंगोमा पुगेको छैन’ उहाँले भन्नुभयो । अधिकृत सिंहले यस बर्षका लागि रु. ३० लाख बजेट प्रश्ताव भएको समेत जानकारी दिनुभयो । 
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…