Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

कोहलपुर र बैजनाथका पशुपालक कृषकलाई सुत्केरी भत्ता

डेक्स

डेक्स

कोहलपुर र बैजनाथका पशुपालक कृषकलाई सुत्केरी भत्ता
ADVERTISEMENT

नेपालगन्ज । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन । 
जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन । बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिमा रु. ३००० र कोहलपुर नगरपालिकामा रु. २००० सुत्केरी भत्ता प्रदान गरिने ती स्थानीय तहका पशु विकास शाखाले जनाएका छन । 
‘यो कृषकले असाध्यै मन पराएको कार्यक्रम हो, त्यसैले झनपछि झन यसमा आर्कषण बढ्दै गएको छ’ कोहलपुर नगरपालिकाका पशु सेवा शाखाका अधिकृत गोविन्द बहादुर रोकायले भन्नुभयो । 
उहाँले पशु चौपाया सुत्केरी भएपछि पोषण आवश्यक हुने भएकाले उनीहरुलाई पोषणको अभाव हुन नदिन सो कार्यक्रम सुरु हुन लागेको जानकारी दिनुभयो । 
रोकाय भन्नुहुन्छ‘ व्यवसायिक पशु पालन गर्नुभएका कृषकले बढीमा रु. ५० हजारसम्म र साना कृषकले रु. २ हजारदेखि रु.१० हजारसम्म लैजानु भएको छ ।’ नगरपालिकाको १५ वडामध्ये सबैभन्दा बढी १३ नं वडामा गाई र भैसीको सुत्केरी भत्ता लैजाने कृषक धेरै हुनुहुन्छ । पशु सेवा शाखाको बार्षिक कार्यक्रम अनुसार पशुको लगत लिन नगरपालिकाले सूचना समेत जारी गरेको छ । कोहलपुर नगरपालिकामा वि.स २०७५ सालदेखि सो कार्यक्रम सुरु भएको बताइएको छ । 
अधिकृत रोकायले गत बर्ष ५३४ पशु चौपायाका लागि रु. १० लाख ६ हजार ८०० गाई, भैसीको सुत्केरी भत्तामा खर्च भएको जानकारी दिदै यस बर्ष ४०० गाई, भैसीका लागि रु. ८ लाख सुत्केरी भत्ता प्रदान गरिने तयारी भएको बताउनुभयो । 
‘गत बर्ष भन्दा यस बर्ष बढी नै हुन्छ, बजेट रकमान्तर गरेर भएपनि कृषकलाई पशु, चौपायाको सुत्केरी भत्ता दिन्छौ’ उहाँले भन्नुभयो । 
जिल्लाको बैजनाथ गाउँपालिकाले पशु, चौपायाको सुत्केरी भत्ताका लागि गत बर्ष रु. २४  लाख २१ हजार वितरण गरेको जनाएको छ । सो पालिकामा ८०७ गाई, भैसीको लागि सो रकम खर्च भएको हो । 
आर्थिक बर्ष २०७८।०७९ मा बैजनाथ गाउँपालिकाले ४१२ गाई, भैसीका लागि रु. १२ लाख ३६ हजार पशु पालक कृषकलाई सुत्केरी भत्ताको रुपमा वितरण गरेको गाउँपालिकाका पशु विकास अधिकृत खडग बहादुर सिंहले जानकारी दिनुभयो ।
‘यस बर्षका लागि छलफल चलिरहेको छ, तर टुंगोमा पुगेको छैन’ उहाँले भन्नुभयो । अधिकृत सिंहले यस बर्षका लागि रु. ३० लाख बजेट प्रश्ताव भएको समेत जानकारी दिनुभयो । 
 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…