Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

लुम्बिनीमा आन्तरिक आय छ अर्ब पुर्‍याउने लक्ष्य

डेक्स

डेक्स

लुम्बिनीमा आन्तरिक आय छ अर्ब पुर्‍याउने लक्ष्य
ADVERTISEMENT

तुलसीपुर ९दाङ०, ३ भदौ स् लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने कसरत गरेको छ । अघिल्ला आर्थिक वर्षभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताउनुभयो । 

“हामीले यसवर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “सोही अनुसारका योजना बनाइरहेका छौँ ।” उहाँका अनुसार लुम्बिनीमा गत आर्थिक वर्ष २०७९र८० मा रू दुई अर्ब ६० करोड ९५ हजार आम्दानी भएको थियो । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यो आम्दानी लक्ष्यको ५० दशमलव १७ प्रतिशत हो । चालु आव २०८०र०८१ मा आन्तरिक आम्दानी वृद्धि गरेर छ अर्ब ७३ करोड ५१ लाख पुर्‍याउने लक्ष्य राखिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो । 

लामो समय नवीकरण नगरेका सवारी साधनलाई कर छुट गरेर भए पनि करको दायरामा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । यसबाट सवा एक अर्बले राजस्व वुद्धि हुने अपेक्षा गरिएको मन्त्री मास्कीले बताउनुभयो । 

वन क्षेत्रको खोलाखोल्सी व्यवस्थापनबाट ७५ लाख क्युविकफिट वन पैदवार र नदीजन्य पदार्थ सङ्कलन गरी रू साढे एक अर्बले आम्दानी वृद्धी हुने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँका अनुसार गत आवमा वनबाट रू चौध करोड ६० लाख र सवारीसाधनबाट रू एक अर्ब ५५ करोड मात्रै आम्दानी भएको थियो । 

अर्थमन्त्री मास्कीका अनुसार घरजग्गालगायतको रजिष्ट्रेशन शुल्क, विज्ञापन, मनोरञ्जन तथा कृषि आयमा कर, पर्यटन शुल्क, प्राकृतिक स्रोतको सङ्कलन तथा बिक्री शुल्क, वातावरण तथा औद्योगिकरण व्यवस्थापन दस्तुर, राजस्वको बाँडफाँट र दाखिला, प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यवसायसम्बन्धी विशेष व्यवस्थापनलगायत क्षेत्रबाट प्रदेश सरकारले आम्दानी लिँदै आएको छ ।

करको दर नभइ दायरालाई फराकिलो बनाइ राजस्वका स्रोत विस्तार, राजस्व प्रणालीमा सुधार र चुहावट नियन्त्रण गर्नेलगायत काम गरी विगतको तुलनामा आन्तरिक आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिइएको मन्त्री मास्कीको भनाइ छ ।  

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…