Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

प्रजातान्त्रिक समुहलाई घरवारीटोलका मतदाताले साथ दिने

डेक्स

डेक्स

प्रजातान्त्रिक समुहलाई घरवारीटोलका मतदाताले साथ दिने
ADVERTISEMENT

नेपालगञ्ज उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरुलाई घरवारीटोलका मतदाताहरुले नेतृत्वमा लैजाने प्रतिबद्धता जनाएका छन् । 

साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले आज नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियार लगायतको समूहसँग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफूहरुको भोट परिवर्तनका लागि हुने बताएका छन । 

परिवर्तनका लागि नेतृत्व भन्दै आएको साझा प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएको छ । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधैं एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए । थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूह भएको हुँदा व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने एक व्यवसायीले भनेका छन । 

वाणिज्य संघको निर्वाचनमा यो पटक प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको छ । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको प्रजातान्त्रिक समूह रहेको मतदाताहरुको भनाई छ । 

रौनियार नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । निर्वाचनको मिति नजिकिएसंगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ । प्रचारलाई तिब्र बनाएका अध्यक्ष पदका उम्मेदवार रौनियारले घरबारी टोलका मतदाताले आफूहरुलाई  साथ दिने बताएको बताउनुभयो ।

त्यस्तै उद्योगतर्फका उपाध्यक्षका उम्मेदवार मो।सफिक बेहनाले मतदातामाझ राम्रैसंग परिचित रौनियारको समूहलाई यो पटक सबैतिरबाट साथ समर्थन रहेको पाइएको बताउनुभयो । हामीले सबै मतदाताको समस्या पनि सुनिरहेका छौं, 'उम्मेदवार बेहनले भन्नुभयो, यिनै समस्याहरु समाधानका निम्ति हामीले काम गर्ने हो ।'

आजको मतदातासँग्को भेटघाटमा साझा प्रजातान्त्रिक प्यानलबाट पूर्व मन्त्री सुरेन्द्रबहादुर हमालसहितको टोली खटिएको छ ।  संघको निर्वाचन यही भाद्र २ गते हुँदैछ ।

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

यो पनि

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…