Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

प्रजातान्त्रिक समुहलाई घरवारीटोलका मतदाताले साथ दिने

डेक्स

डेक्स

प्रजातान्त्रिक समुहलाई घरवारीटोलका मतदाताले साथ दिने
ADVERTISEMENT

नेपालगञ्ज उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरुलाई घरवारीटोलका मतदाताहरुले नेतृत्वमा लैजाने प्रतिबद्धता जनाएका छन् । 

साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले आज नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियार लगायतको समूहसँग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफूहरुको भोट परिवर्तनका लागि हुने बताएका छन । 

परिवर्तनका लागि नेतृत्व भन्दै आएको साझा प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएको छ । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधैं एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए । थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूह भएको हुँदा व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने एक व्यवसायीले भनेका छन । 

वाणिज्य संघको निर्वाचनमा यो पटक प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको छ । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको प्रजातान्त्रिक समूह रहेको मतदाताहरुको भनाई छ । 

रौनियार नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । निर्वाचनको मिति नजिकिएसंगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ । प्रचारलाई तिब्र बनाएका अध्यक्ष पदका उम्मेदवार रौनियारले घरबारी टोलका मतदाताले आफूहरुलाई  साथ दिने बताएको बताउनुभयो ।

त्यस्तै उद्योगतर्फका उपाध्यक्षका उम्मेदवार मो।सफिक बेहनाले मतदातामाझ राम्रैसंग परिचित रौनियारको समूहलाई यो पटक सबैतिरबाट साथ समर्थन रहेको पाइएको बताउनुभयो । हामीले सबै मतदाताको समस्या पनि सुनिरहेका छौं, 'उम्मेदवार बेहनले भन्नुभयो, यिनै समस्याहरु समाधानका निम्ति हामीले काम गर्ने हो ।'

आजको मतदातासँग्को भेटघाटमा साझा प्रजातान्त्रिक प्यानलबाट पूर्व मन्त्री सुरेन्द्रबहादुर हमालसहितको टोली खटिएको छ ।  संघको निर्वाचन यही भाद्र २ गते हुँदैछ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…